Dabali News

मुगुकी एक्ली गायीका इरानी सुन्दरी चर्चाको शिखरमा, ‘काँछै माया जाल’ ले बजार ततायो

२२ असोज

मुगु । बाल्यकालदेखि गीत संगीत क्षेत्रमा भुकाव राख्दै आएकी मुगुकी एक्ली गायीका इरानी सुन्दरी भामले नयाँनयाँ कोशेली पस्कँदै सांगितक क्षेत्रमा आफ्नो कल र प्रतिभा देखाइरहेकी छन् । सानै उमेर यो क्षेत्रमा प्रवेश गरेकी भामको पछिल्लो दिनमा चर्चा बढ्दै गएको छ । त्यो उनको लगनशीलता र प्रतिभाकै कारण हो ।

कर्णालीको पनि विकट मुगुमा जन्मिनुभएकी भामले कणार्लीको पहिचानलाई प्रचारप्रसार गर्न र सांस्कृतलाई उजागर एक दर्जनभन्दा बढी गित गाईसकेकी छन् । त्यस्तै आधा दर्जन सिर्जनाहरु बजारमा आउने तयारीमा छन् । ‘मनमा शान्ति छाउँदै छाउँदैन, जिन्दगिले अर्के मोड लिइदियो, बाच्ने मन लाउदै लाउदैन’ गीतबाट सांगीतिक यात्राको सुरु गरेकी भामले गीत–संगीतले नै जीवनको अर्थ बुझ्न सिकाएको अनुभूति गरेकी छन् ।

छोटै समयमा दुर्गम गाउँबाट आएर राजधानीमा निकै दुःख कष्ट गरेकी भामलाई दर्शक–स्रोताहरुले मन पराउन थालेका छन् । सामाजिक संजाल र संचारमाध्यमहरुमा उनका गीतको खोजी हुन थालेको छ । छोटै समयमा धेरै दर्शक–स्रोतको माया पाउँदा खुशी लागेको भामले बताइन् ।

लोक दोहोरी गीतमा दख्खल राख्ने गायक सज्जन धामी र आफ्नो स्वर रहेको ‘काछै माया जाल’ देउडा गीत बजारमा आएको इरानीले जानकारी दिइन् । उनले गीत बजारमा आएसँगै राम्रो प्रतिक्रिया आइरहेको बताइन् । गीतमा दिपक संगम बिसीको लय रहेको छ ।
‘काछै माया जाल’ मा मुगुको रारा तालदेखि कैलालीको घोडाघोडी तालसम्मको चित्रण गरिएको छ । गीतले आफुलाई एक खुटुकिला अझै माथि पुर्याएको र दर्शीक स्रोताको माया धैरै पाएको भन्दै इरानीले खुशी ब्यक्त गरिन् ।

सानैदेखि गीत गाउने र गुनगुनाउने ईरानी बाल्यकालमा गाउँमा साँस्कृति कार्यक्रमा गीत गाउने गर्थिन भने केही बर्ष रेडियो मुगुमा पनी काम गरिन् ।

गीत संगीतको यात्राँंगै ईरानीले ‘कर्णाली दखिन बग्छ’ भन्ने नाटकाम पनि बालकको भुमिाकामा खेलेकी छन् ।

हालै बजारमा आएको गीतसँगै इरानी सुन्दरी सफलताको शिखर चढ्दै गरेको रुपमा हेरिएको छ । उनको कर्णालीमा मात्रै नभएर देशकै सांस्कृतिक बजारमा चर्चा हुन थालेको छ ।

काछै यामा जालको भिडियो

  • नन्दबहादुर रोकायाको सहयोगमा तयार सामाग्री
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]