Dabali News

सूर्य नेपाल गल्फ आजबाट शुरु हुने

२२ असोज

काठमाडौं । २०१८-१९ सिजनको सूर्य नेपाल गल्फ टुर असोज २२ गते सोमबारदेखि शुरु हुने भएको छ ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता ४ दिनसम्म चल्नेछ । ७२ होलमा हुने प्रतियोगिता दुई चरणमा विभाजन गरिएको छ । चरण ३६-३६ होलको हुनेछ ।

अन्तिम चरणका लागि २१ व्यावसायिक गल्फर र एमेच्योरतर्फका शीर्ष ६ खेलाडीले प्रवेश पाउने छन् । प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ७७ हजार र तेस्रो स्थानको खेलाडीले ५५ हजार रुपैयाँ हात पार्ने छन् ।

नेपाल नं.१ शिवराम श्रेष्ठ, भुवन नगरकोटी, धन थापा र रवि खड्कालाई प्रतियोगिताको बलियो दाबेदारको रूपमा हेरिएको छ ।

त्यस्तै एमेच्योरतर्फ भने टासी छिरिङ, वाङगेन डेन्डुप र सुनिल केसीलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]