Dabali News

सार्वजनिक भयो निर्मला हत्याकाण्डको प्रतिवेदन, यस्तो छ एसपी विष्टको बयन

२१ असोज

काठमाडौं । निर्मला पन्तका हत्यारालाई बचाउन खोजेको भन्दै गृहमन्त्री र प्रहरी प्रमुखकै राजिनामा माग गर्दै सडक तात्न थालेपछि सरकारले बल्लबल्ल प्रतिवेदन सार्वजनिक गरेको छ । सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन सरकारले आइतबार सार्वजनिक गरिएको हो ।

हत्या प्रकरणको छानविनका लागि कारागार व्यवस्थापन विभागका प्रमुख सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वमा उच्चस्तरीय छानविन समितिले ३७ पेज लामो प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदनमा निर्मलाका आमाबुबाका साथै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका साथै अन्य प्रहरी अफिसरको बयन समेटिएको छ ।

वयनमा एसपी विष्टले बम दिदीबहिनीको पक्षमा पनि बोेलेका छन् । दुबैमाथि अनुसन्धन भइरहेको हुँदा यसरी अरुको पक्षमा बोेल्ने भन्दा पनि अाफ्नो कुरा राख्नु पर्ने हो तर विष्टले बम दिदीबहिनीको घरमा एउटा बाहेक अरु कुनै केटाहरु नगएको दाबी गरेका छन् ।

त्यसैगरी निर्मलाका छिमेकीका साथै रोशन र बबिता बमको बयन पनि प्रतिवेदनमा संलग्न गरिएको छ ।

एसपी विष्टको बयन

मेरो मोवाईल नं. ९८५८७९०२७० हो । बम दिदीबहिनीलाई प्रारम्भिक सोधपुछ गर्दा कुनै प्रमाण नभएकाले हाजिरी जमानीमा छाडिएको हो ।

मैले जानकरी पाएअनुसार नरेश बम बाहेक अन्य कुनै केटा पनि बम दिदीबहिनीको घरमा गएका छैनन् । अनुसन्धानको टोलीमा प्र.ना.उ. ज्ञानबहादुर सेटी, प्रति जनदिश भट्ट र अनुसन्धान अधिकृतको रुपमा एकिन्द्रबहादुर खड्काको टोली शव भेटिएको स्थानमा गएको थियो ।

आन्दोनल र भिडको कारण मिति २०७५।४।१४ गतेसम्म शव भेटिएको स्थानमा नभएको हुँ । डिकरदेव पन्त इन्टेलिजेन्सको कार्यमा दक्ष भएकाले अनुसन्धान टोलीमा खटाइएको हो । मैले मिति २०७५।५।७ गते गोली चलाउन आदेश दिएको होइन । ८ गते मस.प्र गण मु का धनगढीमा कार्यरत थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]