Dabali News

Ad

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आज मनाइँदै

१७ पुस

काठमाडौँ । पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आज  मनाइँदै छ ।

नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि, प्रबद्र्धन गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको छ । केही वर्षदेखि जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई अन्तर्राष्ट्रिय टोपी दिवसको रुपमा मनाउने गरिन्छ ।

जागरुक युवा अभियान नेपालको आह्वानमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवा युवतीले ¥यालीसमेत निकालेका छन् । ढाका र भादगाउँले टोपीमा सजिएर भेला भएका युवायुवतीले नेपाली टोपीको प्रवद्र्धनका लागि विभिन्न प्लेकार्ड बोकेर शहरका विभिन्न भागमा परिक्रमा गरेका थिए ।

पर्यटन पत्रकार संघ नेपाल र राष्ट्रिय पर्यटन पत्रकार संघले पनि काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम गरी टोपी दिवस मनाएको छ । जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्हरुको भनाई छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले पनि आ–आफ्नो पहिचान र परम्परा झल्किने टोपी लगाउँछन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onli[email protected]
[email protected]