Dabali News

हिन्दू महिलाहरुको स्वस्थानी व्रत शुरु

१७ पुस

काठमाडौं । आजदेखि हिन्दू महिलाहरुको श्रीस्वस्थानी व्रत शुरु भएको छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मे श्री स्वस्थानी व्रत आजदेखि एक महिनासम्म चल्छ ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । यो माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।
बिहान माघ स्नान गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवादलगायत विषयमा भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने गरिन्छ ।

यसरी महिना दिनसम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइएसँगै स्वस्थानी व्रत सकिन्छ ।

यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

स्वस्थानी व्रतको समयमा मुख्य मेला लाग्ने काठमाडौंको साँखुस्थित शाली नदीमा महिना दिनसम्म चल्छ । मेला भर्ना जानेहरुको भीड ठूलो लाग्दै आइरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
daba[email protected]