Dabali News

ओमनमा नेपाली दूतावासद्वारा मोवाइल एप सेवा शुरु

२१ असोज

काठमाडौं । ओमनस्थित नेपाली दूतावासले कन्सुलर सम्बन्धी सेवा अनलाइनबाट दिन ‘नेप्लीज इन ओमन’ नामको मोवाइल एप शुरुवात गरेको छ ।

ओमनमा कार्यरत नेपाली कामदार सामान्य कामको लागि पनि दूतावासमै आउन नपरोस् भन्ने उद्देश्यले यो एप शुरु गरिएको दूतावासले जनाएको छ ।

एप्समा नेपाल र ओमनका प्रमुख गन्तब्य, ओमनका सरकारी निकाय, श्रम कानुन वारे आधारभुत जानकारी राखिएको राजदूत सर्मिला पराजुली ढकालले वताएकी छिन् । उनले भनिन्, ‘यसले दूतावास र ओमनमा कार्यरत नेपालीवीच छिटो र सरल रुपमा सञ्चार हुनेछ । यसको सफल प्रयोगले भविश्यमा दूतावासलाई कागजविहिन वनाइने लक्ष्य राखेको छ ।’

यसले ओमनीलाई नेपालको भ्रमण गर्नको लागि प्रोत्साहन गर्ने दूतावासको अपेक्षा छ । एपमा नेपालको प्रमुख पर्यटक गन्तब्यवारे सुचनाहरु राखिएको छ ।

गैरआवसीय नेपाली संघका सचिव डिवी क्षेत्रीले प्रविधि प्रयोग गरेर नेपालीलाई सहज सेवा दिने दूतावासको प्रयास प्रशंसनीय रहेको वताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]