Dabali News

Ad

म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम लाग्यो

१७ पुस

काठमाडौँ । शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीको कीर्तिमानी जितको शृङ्खलामा पूर्णविराम लागेको छ ।

क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीको १८ औँ खेलमा लगातार जितको शृङ्खला रोकिएको हो ।

ईन्जुरी समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरलाई सिटीका गोलरक्षक एडर्सनले विफल पारेपछि म्यान सिटी हारबाट जोगिएको थियो ।

एकमात्र अपराजित टोली म्यान सिटीले अहिलेसम्म खेलेका २१ खेलमध्ये २ वटामा बराबरी गरेको छ भने बाँकी १९ खेल जितेको छ ।

प्रिमियर लिग फुटबलमा गएराति आनर्सनललाई वेष्ट ब्रोमले १–१ गोलको बराबरीमा रोकेको छ । वेष्ट ब्रोमका जेम्स म्याक्क्लीनले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।

अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई वेष्ट ब्रोमका जे रोड्रिग्वेजले गोलमा बदलेपछि खेल बराबरीमा सकिएको थियो ।

प्रिमियर लिगमा २१ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ४५ अंकसहित चेल्सी दोस्रोमा छ,४४ अंक जोडेको म्यान्चेष्टर युनाइटेड तेस्रो स्थानमा झरेको छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]