Dabali News

अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालयद्वारा ‘मिनी फेस्टिवल’ को आयोजना

२१ असोज

धुलिखेल । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काठमाडौ विश्वबिद्यालयको आयोजनामा लिटल फेस्टिवल कार्यक्रम सुरु भएको छ । नजिकिदै गरेका दशैं-तिहार तथा छटको उपलक्ष्यमा आयोजित कार्यक्रम काभ्रेको धुलिखेलस्थित काठमाडौ विश्वबिद्यालयमा आइतबार उद्घाटन गरिएको छ।

अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाली मौलिक चाडपर्वहरुका आ-आफ्नै बिशेषता र ऐतिहासिक महत्त्व रहेको बताउँदै सकारात्मक र सामाजिक सद्भाव बढाउने कुराहरुलाई मात्र अनुशरण गर्न विद्यार्थीलाई आग्रह गरे । चाडपर्वका नाममा हुँदैआएका बिकृती र बिसंगतिबाट नयाँ पुस्ता सचेत हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकले विश्वबिद्यालयभित्र आफुहरुले सधैं सिर्जनात्मक कार्यक्रम गर्दै आएको स्मरण गर्दै यसपटकको कार्यक्रम पनि त्यसैको निरन्तरता भएको बताए । उनले दशै-तिहारको बिदाको समयलाई मनोरञ्जन, रिफ्रेस र गैरपाठ्यक्रमिक ज्ञानको दायरा बढाउने अवसरका रुपमा सदुपयोग गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।

विद्यार्थीको मनोरञ्जन र सेलिब्रेसनका लागि विभिन्न स्टलहरु राखिएको कार्यक्रम दुई दिनसम्म चल्नेछ । काठमाडौं विश्वबिद्यालयका विद्यार्थीहरुले उक्त स्टलहरु निःशूल्क अवलोकन गर्न र विभिन्न मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन पाउनेछन् । असोज २२ गते चियापान कार्यक्रम समेत राखिएको कार्यालय सचीव श्रेष्ठले जानकारी दिएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]