Dabali News

उप्रेती प्रज्ञा-प्रतिष्ठानमा पुन: नियुक्त

२१ असोज

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुन : नियुक्त भएका छन् ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज कुलपतिमा नियुक्त गरेका हुन् । उनी अघिल्लो कार्यकालमा पनि कुलपति थिए भने त्यसअघिको कार्यकालमा उपकुलपति रहेका थिए ।

प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.जगतप्रसाद उपाध्याय नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उनीहरु नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले आजै शपथग्रहण हुने जानकारी दिएका छन् । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट औपचारिक पत्र नआइसकेको भए पनि नियुक्तिको प्रक्रिया शुरु भएको बताए ।

अन्य प्राज्ञ परिषद सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ । तीन वटै प्रज्ञा-प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]