Dabali News

रेड फोर्स अछामको अध्यक्षमा इन्द्र साउद निर्वाचित

२१ असोज

अछाम । योङ्ग रेड फोर्स अछामको अध्यक्षमा इन्द साउँद निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन रेड फोर्सको असोज २० गते सम्पन्न जिल्ला सम्मेलनले साउदको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।

सम्मेलनले उपाध्यक्षमा धनराज बिसी, सचिवमा ध्रुब ख्याती, कोषाध्यक्षमा धनराज बिक, सह–सचिव मोहन बोहरा निर्वाचित गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयटीमा सम्पन्न सम्मेलनले जिल्लाभरी अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।

सम्मेलनमा नेकपाका जिल्ला इन्चार्ज शेरबहादुर बिक र संगठनका केन्द्रीय सदस्य चट्टान धामीले शुभकामना दिँदै वर्तामन अवस्थामा युवाको भूमिकाबारे धारणा राखेका थिए ।

अभियानको नेतृत्व संगठनका नवनिर्वाचित अध्यक्ष साउदले गरेका छन् । अभियान टोली आइतबार सोही नगरपालिकाको भानाकोट पुगेको अध्यक्ष साउदले अनलाइन डबलीलाई जानकारी दिए ।

सम्मेलनको निर्णयअनुसार ‘संगठन सुदृढ तथा विस्तार अभियान’ जिल्लाभरी संचलान हुनेछ । सम्मेलनको क्रममा जनतासँग हातेमालो गर्दै जनकार्यमा सहभागी हुने बताइएको छ ।

त्यस्तै स्थानीय तहमा भइरहेको जाँड रक्सी नियन्त्रणका साथै भ्रष्टाचारीको नाम लिष्ट तयार गर्ने अध्यक्ष साउदले जानकारी दिए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]