Dabali News

मजदूरको मासिक ज्याला न्यूनतम १५ हजार तोक्न पहल गर्ने

१५ पुस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला १५ हजार तोक्नु पर्नेमा सरकारले पहल गर्ने बताएका छन् ।

राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला ९ हजार ७०० धेरै कम भएको बताए ।

उनले टिप्पणी गर्दै भने,‘मजदूरले पाउने मासिक रकमबाट कम्तीमा पनि उसको सानो परिवार पाल्नसक्ने हुनुपर्छ ।’

वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै राम्रो ज्याला दिएर काममा लगाउन सक्नुपर्ने बताए । निर्वाचनअघि मजदूरका सम्बन्धमा घोषणपत्रमा उल्लेख गरेका विषय कार्यान्वयनमा ल्याउने बेला आएको स्पष्ट पारे ।

तीन तहकै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर सरकारले संक्रमणकालको अन्त्य गरेको बताउँदै अब रोजगारीका अवसर सिर्जनालाई प्राथमिकतामा राखिने बताए ।

मजदूर संगठनका नेताले श्रम आयोगको गठन हुनुपर्ने, न्यूनतम ज्याला बढाइनुपर्ने लगायतका माग अझै पूरा नभएकाले दबाबमूलक कार्यक्रम अघिबढाइने बताए ।

स्थिरता र समृद्धिका लागि सुदृढ ट्रेड युनियन आन्दोलन भन्ने नारासहित शुरु भएको सम्मेलनमा देशभरबाट विभिन्न मजदूर संगठनका प्रतिनिधि सहभागी छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]