Dabali News

कक्षा ११ को रिजल्ट सार्वजनिक, एक हजारले ल्याए जिपिए ३.६५ देखि ४ सम्म

२० असोज

काठमाडौँ । राष्ट्रिय परीक्षाबोर्डले कक्षा ११ को नतिजा केहीबेरअघि सार्वजनिक गरेको छ । नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्मल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् ।

जिपिए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् । २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेको बोर्डले जानकारी दिएको छ । कक्षा ११ को परीक्षागत ९ जेठमा सम्पन्न भएको थियो ।

परीक्षानियन्त्रक कृष्णप्रसादशर्माकाअनुसार नियमिततर्फ तीनलाख ३२ हजार आठ सय ९१, अक्षराङ्कन पद्धतीमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार पाँच सय पाँचविद्यार्थी परीक्षामा सहभागीभएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]