Dabali News

अब विद्यार्थीलाई कक्षा कोठामा होइन खेतबारीले लगेर पढाउनु पर्छः प्रधानमन्त्री ओली

२० असोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष जनशक्ति उत्पादनको लागि विद्यार्थीलाई खेतबारीमा लगेर पढाउनु पर्ने बताएका छन् ।

कक्षा कोठाको पढाईले मात्र दक्ष जनशक्ति उत्पादन नभएको भन्दै प्रधानमन्त्रीले अब विद्यार्थीलाई गाउँघरका खेतमा लगेर शिक्षा दिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, “अब कक्षा कोठाको पाढइले मात्र पुग्दैन । विद्यार्थीलाई घर गाउँमा,खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ।”

पूर्वाञ्चल विश्वविद्यालयको २९औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यवहारिक शिक्षा दिनुपर्ने बताए । विज्ञान र प्रविधि उपयोग गरी अबको शिक्षा प्रणाली विकास गर्नुपर्ने सम्बोधनको क्रममा ओलीले बताए ।

प्रधानमन्त्री ओलीले शिक्षालाई विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताए । विश्वविद्यालयहरुमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकता भन्दा बढी कलेजहरुले सम्बन्धन पाएको बताउँदै प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार शिक्षण संस्थाहरु खोल्नु पर्ने बताएका छन् ।

साधारणसभाले आव २०७५/२०७६का लागि प्रस्तावित आयव्यय विवरण, आव २०७१/२०७२ र आव २०७२/२०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ । यसैगरी आव २०७३/२०७४ र २०७४/२०७५ को लेखा परीक्षक नियुक्त गर्न विश्वविद्यालयले जानकारी दिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]