Dabali News

स्टोक सिटीलाई हराउँदै चेल्सी विजयी

१६ पुस

काठमाडौँ । स्टोक सिटीलाई ५–० ले हराउँदै चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उभिएको छ ।

गएराति भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर, पेड्रो, विलियन, ड्यानी ड्र्ङकिवाटर र जापाकोष्टाले एक–एक गोल गरे ।

चेल्सीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई उछिनेको छ । म्यान्चेस्टर युनाईटेडलाई गएराती साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको हो ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा लिभरपूलले लेष्टर सिटीलाई २–१ ले हराउँदा बर्नमाउथले एभर्टनमाथि पनि समान २–१ कै जित निकालेको छ ।

स्वान्सी पिसटीले वाट्फोर्डलाई उसैको मैदानमा २–१ ले हराउँदा हडर्सफिल्ड टाउन र बर्नले तथा न्युकासल युनाईटेड र ब्राईटनले गोलरहित बराबरी खेलेका छन् ।

राती क्रिष्टल प्यालेस र म्यान्चेस्टर सिटी तथा वेष्ट ब्रोम र आर्सनलबीच खेल हुँनेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]