Dabali News

कविताः गोली मेरो छातीमा लागेन र म सहिद बनिन्

आकाश जति बेला
सुनसान जस्तै थियो
तर
गडगहडाड भने बादल बिनाको थियो !
हो त्यही ,समय त्यतिबेला !
असिनाजस्तै गाेली बर्सिदा तिमीसँगै थिएँ
मंगलसैनकाे महासंग्राममा
लानाकाे महाभारतमा
गराजुकाे खाेचमा
तर त्याे साैभाग्य मेराे भागमा परेन
प्रिय सहिद म तिमीसँगै अमरत्व
मैले पाउन सकिन
किनकि गोलिहरु सँग म थिएँ
म सँग गोलि नभएजस्तै गरी
ती गोलीका छर्राहरु मेरो शरीर मा लागेनन् र म घाइते हुन सकिन !
दुश्मनकाे निसानी
असफलसिद्द भयाे
मृत्युु जितेर दुनियाँ बदल्ने अभियानमा
एउटा यात्री बनेर
रणमैदानकाे राप-तापसँग
मेरा पाइलाहरु चालिरहँदा
दुश्मन सामु जीवनकाे भिक्षा मागिन्
बैरीहरुका षड्यन्त्रको मूल्य राखिन्
र पनि
अामा बाकाे न्यानाेपनकाे प्रवाह गरिन्
कलम र किताबसगकाे साइनाे
सपनाकाे सिरानी मा सजाएर
म पनि तिमीसँगै जीवममरणकाे
महाअभियानमा
चाहानाहरुलाइ थन्काएर
इच्छा र रहरहरुलाइ बन्धकी बनाएर
नयाँ युगकाे युगिन अभिभारा
क्रान्ति ठान्दै
जनतासगकाे जीवन पार्टी अनि नेतृत्व
अभिभावक मान्दै
हाे तिमिसँगसँगै खारा अनि बेनीमा लडेँ
म्याग्दी पाल्पा अनि पिलीमा लडेँ
अपि-शैपालकाे काख हिडेँ
चुलि अनि जुनीकाे साथ बढेँ
तर खै दुश्मन काे गाेली
छातीमा लागेन खुट्टामा लागेछ
र म तिमीजस्तै सहिद बन्ने अबसर गुम्याे
प्रिय सहिद,
संग्रहालयमा थन्किनसक्ने कथा थिएन
तिम्राे जीवन र मेराे रगत
अवसरबादीहरुले हडप्ने
जमिन थिएन जनताकाे पसिना अनि
बलिदान काे गाथा
न त भाबी पुस्ताले सुन्ने कहानी नै थियाे
महानसमरकाे गाथा
तिम्राे बलिदान काे छातीमाथी
क्रान्ति का मतियारहरुका बुटले किचेकाे देख्दा
तिम्रो रगत काे अहालमाथी
ति कसुर बन्द मानिएकाहरुको अालिसान महल देख्दा
बिरताकाे गाैरवपुर्ण गाथामा
मिथ्या मानवहरुकाे रजाइ देख्दा
अपमानका बर्षाहरुसगै झेलिदैछु
बैसागीकाे साहारामा लर्खरीदै
जीवन जितेर संसार बदल्ने एक यात्रामा !
म यात्री हुँदै छु
प्रिय सहिद,
म गाैरवकाे गाथा बन्न सकिन
किन कि !
मेरा सपनाहरू को हत्या भएको यो सहरमा छु ।
अवसरबादीहरुकाे अाहारा बनिराछु
तिम्रा अात्माहरुकाे साहारा बनिराछु
हाे म तिमीसँगै लडाइँको माेर्चामा थिए ।
त्यो तारे भिर को कहाली लाग्दो चट्टान भित्र को बाँस होस् या
ती सुन्दर नगरी !
रामारोशन, अनि यता बिनायक का हवाई गस्तीमा होस् ।
या कालिकोट माल्कोट भित्र छिरेका !
संगिन का तिरहरु सँग होस् ।
हो म त्यही थिए र आज मेरो !
कान गुम्याे बहिराे बने
अाखा गुम्याे अन्धो बने
खुट्टा गुम्याे लङ्गडाे बने
मरुदण्ड गुम्याे प्यारालाइसेस भएँ
तर गाेलीकाे निसाना चुक्याे सहिद बन्न सकिन !
वीरताकाे इतिहास रच्न सकिन
र त अबसरबादीहरुकाे रजाइँ निहालेर बसिराछु
गाैरवकाे गाथा बन्न सकिन !

आकाशमा हराएका ताराहरुको खोजीको यात्रा !
आज यहि घाइते शरीरले धन्न धानेको छु ।
देखिने परिवर्तन को बाटो पटक्कै हिँडेकी छैन
म आफू ले परिवर्तन गर्ने बाटो अगालेकी छु ।
सहिद बनिन !
आधा शरीर लिएर परिवर्तन बाट पछि हटिन ,
जीवन जितेर सपना बाडेका यात्राहरु
आज पनि उस्तै मानिकी छु र त
लक्ष्यमा पुग्ने साहास बटुलेकी छु ।
जो जीवन घाइते लिएकी छु !
तर सहिद बन्न सकिन
लक्ष्य चुमेकी छु

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]