Dabali News

Ad

मैथिली भाषाको चलचित्र ‘औकात ताकत प्रेमके’ निर्माण

१५ पुस

काठमाडौँ । जातिय छुवाछूत तथा सामाजिक विभेद विरुद्ध मैथिली भाषामा चलचित्र निर्माण भएको छ ।

शम्भुनाथ सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको ‘औकात ताकत प्रेमके’ नामक चलचित्र केही दिनभित्रै प्रदर्शनीमा आउने चलचित्र निर्माता राजकुमारी सरदारले जानकारी दिईन् ।

निर्माता सरदारका अनुसार छायाँकन, रेकर्डिङ र इडिटिङको काम सकिसकेको छ । अबको एक साताभित्र चलचित्र प्रदर्शनीमा आउनेछ ।

चलचित्रमा सामाजमा ब्याप्त रहेको जातीय भेदभाव, छुवाछूत र जमिन्दारी प्रथा तथा शोषक वर्ग र शोषित वर्गबीचको विभेदमा केन्द्रित रहेको निर्माताको भनाइ छ ।

राजु राजदेव चौधरी निर्देशक रहेको चलचित्रमा नायकमा धनराज चौधरी र नायिकामा मोनिका दाहाल रहेका छन् । यज्ञ पराजुलीको छायाँकनमा निर्माण भएको चलचित्रमा दर्पी सरदार (मुस्कान) ले नृत्य निर्देशन गरेका छन् ।

बढ्दो बेरोजारी र त्यसबाट सिर्जना भएको सामाजिक विकृतिमा केन्द्रित भएर दोस्रो प्रस्तुतिका रुपमा ‘सैया साँदी कतारमे मौगि मस्त भतारमे’ नामक चलचित्रको समेत छायाँकन गरिने निर्मता सरदारको भनाई छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]