Dabali News

Ad

मेलम्चीमा दोस्रो ब्रेक थ्रु, अब ५ मिटर मात्रै बाँकी, काठमाडौंबासीको अाशा बढ्‍यो

१५ पुस

काठमाडौं । मेलम्ची आयोजनाको सुरुङ निर्माण अन्तर्गत् अम्बाथान–ग्याल्थुम खण्डको ब्रेक–थ्रु भएको छ ।

आयोजना प्रमुख रामचन्द्र देवकोटाका अनुसार ८ दशमलव २ किलोमिटरको सो खण्डको ब्रेक थ्रु भएको भएको हो । मध्यरातमा भएको ब्रेक थ्रुबारे औपचारिक जानकारी गराउन विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।

दिउँसो १ बजे हुने कार्यक्रममा शहरी विकास मन्त्रालयका राज्यमन्त्री कुन्ती कुमारी शाही, मन्त्रालयका सचिव–सहसचिव, एसियाली विकास बैंकका प्रतिनिधि, स्थानीय अधिकारी लगायतको सहभागिता हुँदैछ । अब मेलम्ची आयोजनाको सुरुङ अन्तर्गत ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेक थ्रु गर्न बाँकी रहेको छ ।

मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा ल्याइ प्रशोधनपछि मात्रै वितरण गर्ने योजना अनुसार आयोजनाले यसअघि नै प्रशोधन केन्द्रको परीक्षण भइरहेको छ ।

सेप्टेम्बर २०१३ सम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको चाइना रेल्वेको काममा ढिलासुस्ती भएको भन्दै सन् २०१२ मा सम्झौता तोडिएको थियो । सो यता सुरुङ निर्माणको काम इटालीको कम्पनी अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी सीएमसीले गरिरहेको छ ।

पटक– पटक म्याद थप गर्दै आएको आयोजनाले पछिल्लो समय नयाँ वर्षको सुरुवातमै काठमाण्डौंका घरघरमा मलेम्चीको पानी पुर्‍याइसक्ने दावी गर्दै आएको छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]