Dabali News

Ad

सम्झनालाई ‘चुप्प खाउन…’ भनेपछि यस्तो बबाल (भिडियोसहित)

काठमाडौँ । रुपन्देही जिल्लाको बुटवलमा जन्मिएका अनुराग सुनार बिगत केहि समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा रुमलिदै अशंख्य श्रोता तथा दर्शकहरुका लागि फरक-फरक सांगीतिक स्वाद पस्किरहेका छन् । उनले केहि समय अगी मात्र परदेशीहरुको यथार्थतालाई जस्ताको त्यस्तै ‘मरुभूमिमा एक्लो भाको छु’ बोलको गीत ल्याएर आफ्नो स्थान यस क्षेत्रमा उच्च बनाइसकेका छन् ।

यस लगत्तै पछिल्लो पटक अनुरागले आधुनिक लोक सांगीतिक स्वाद मेट्न चाहनेहरुका लागि लक्षित गर्दै ‘चुप्प खान यार’ बोलको गीत पनि लिएर आइसकेका छन् प्रस्तुत गीतमा अनुराग सुनारलाई स्वरमा साथ शम्झाना लामिछाने मगरले दिएकी छन् ।

अनुराग सुनारको नै लय तथा शब्द सृजनाले तयार भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर सार्बजनिक भइसकेको छ । गीतमा प्रयोग गरिएको चुप्प भन्ने शब्द भएता पनि यस गीतको म्युजिक भिडियोलाई फरक र सबैले एकै साथ बसेर हेर्न मिल्ने गरेर तयार गरेको अनुरागले बताए ।

म्युजिक भिडियोमा बिक्रम चौहान, अप्सरा सुनुवार, पवन बि.सी र रिना रजाली को अभिनय देख्न सकिन्छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन् ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]