Dabali News

Ad

टेनिस प्रतियोगितामा एकलतर्फको उपाधि कमलबहादुर भण्डारीलाई

१४ पुस

काठमाडौँ । १५ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमलबहादुर भण्डारीले जितेका छन् ।

आज पोखरामा सम्पन्न प्रतियोगिताको फाइनलमा सो उमेर समूहका नेपालकै शीर्ष वरीयताका भण्डारीले दोस्रो वरीयताका श्रीराम मगरलाई ६–४ र ६–३ को सोभो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

उपाधिसँगै भण्डारीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उपविजेता मगरले २० हजार रुपैयाँ पाए । भण्डारीको यो दोस्रो उपाधि हो । २०७३ सालको उपाधि पनि भण्डारीले नै जितेका थिए । २०७२ मा भने मगरले फाइनलमा भण्डारीलाई नै पराजित गर्दै उपाधि हात पारेका थिए ।

प्रतियोगिताअन्तर्गत् ४५ वर्षमाथि एकलतर्फको उपाधि पोखराका धरमबहादुर लामिछानेले जिते । फाइनल खेलमा टिम मन्डिखाटारका विकास गुरुङलाई ६–३, १–६ र सुपरटाइमा १०–५ को जित निकाल्दै धरमले उपाधि रक्षा गरे ।

उपाधिसँगै लामिछानेले २० हजार रुपैयाँ र उपविजेता गुरुङले १० हजार रुपैयाँ पुरस्कार पाए । ५५ वर्षमाथि एकलतर्फको उपाधि पनि पोखराकै अनिल तुलाचनको नाममा रह्यो । फाइनलमा पृथ्वी थकालीलाई ६–१ र ६–० को सहज सेटमा पन्छ्याए,विजेता तुलाचनले २० हजार र उपविजेता थकालीले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई माछापुच्छे्र बैकका प्रोमोटर किरण केसीले कार्यक्रमकाबीच पुरस्कृत गरे । जिल्ला टेनिस संघको आयोजनामा भएको पाँचदिने प्रतियोगितामा देशभरका १२५ खेलाडीहरुको सहभागिता रहेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]