Dabali News

नेपालगञ्‍जमा विहानैबाट तनावः अखिल क्रान्तिकारीको सम्मेलन स्थल प्रहरीको नियन्त्रणमा

१७ असोज

नेपालगन्ज । प्रहरीले अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनको उद्घाटन हुन स्थल प्रहरीले नियन्त्रणमा लिएपछि विहानैबाट नेपालगंजमा तनाव उत्पन्न भएको छ । ठूलो संख्यमा नेपाल र सशस्त्र प्रहरीले उद्घाटन हुने स्थल रामलिला मैदानलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको पूर्वघोषित जिल्ला सम्मेलनको उद्घाटन यहाँस्थित रामलिला मैदानमा गर्ने तोकिएको थियो । प्रहरीले विहानैबाट उक्त स्थल आफ्नो नियन्त्रणमा लिएको र अखिल क्रान्तिकारीले आफूले सोही स्थानमा उद्घाटन गर्ने बताएपछि झडप हुने बताइएको छ ।

आफ्नो सम्मेलन असफल पार्न सरकारले प्रहरी परिचालन गरिएको अखिल क्रान्तिकारीले बताएको छ ।

पूर्व सूचनाअनुसार आज दिउँसो १२ बजे रामलिला मैदानमा क्रान्तिकारीले जिल्ला सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

यसैबीच अखिल क्रान्तिकारी बाँकेका नेता भरत रावलले आफुहरुले कुनैपनि हालतमा रामलिला मैदानमा नै कार्यक्रम गर्ने बताए । हजारौं विद्यार्थीहरुको उपस्थितीमा उद्घाटनसत्र कार्यक्रम गरिने उनले जानकारी दिए ।

  • फाइल फोटो
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]