Dabali News

भिडियोमा हेर्नुहोस्- रिहा भएपछि जीवन्त र गम्भीरलाई यसरी गरियो स्वागत

१६ असोज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस गर्दै सर्वोच्च अदालतको आदेशमा दुबै नेता रिहा भएका हुन् ।

गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा चेतन शर्माले दायर गरेको रिटमाथिको न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो । यो पाँचौं रिट हो ।

रिट निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, संखुवासभा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत संखुवासभालगायतलाई विपक्षी बनाइएको थियो ।

दुबै नेतालाई साउन १० गते काठमाडौंको नागढुंगाबाट प्रहरीले गिरफ्तार गरी झुटा मुद्दा लगाउँदै विभिन्न जिल्लाहरुमा पुर्याएको थियो । तर, प्रहरीले लगाएको कुनै पनि आरोप पुष्ट नभएको भन्दै सर्वोच्चले पटकपटक रिह ागर्न आदेश दिँदै आएको थियो ।

रिहा भएलगत्तै नेकपाका नेता–कार्यकर्ता, परिवार र समर्थक तथा शुभचिन्तकले सर्वोच्चको गेटमै पुगेर स्वागत गरेका थिए ।

भिडियो

नेकपाका नेता जीवन्त र गम्भीर रिहा भएपछि यसरी गरियो स्वागत

नेकपाका नेता जीवन्त र गम्भीर रिहा भएपछि यसरी गरियो स्वागत

Online Dabali यांनी वर पोस्ट केले मंगळवार, २ ऑक्टोबर, २०१८

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]