Dabali News

भारतीय हस्तक्षेप रोक्न सिमानामा काँडेतारः नायक खड्का

‘यति टाढा जाने मन छ’ आधुनिक म्युजिक भिडियो सार्वजनिक

१६ असोज

काठमाडौं । हृवाईट नेपाल प्रोडक्सनको प्रस्तुती आधुनिक गिती संग्रह ‘यति टाढा जाने मन छ’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार राजधानीस्थित संवाद डबलीमा नायक नवल खड्काले सो म्युजिक भिडियोको सार्वजनिक गरेका हुन् ।

गायक देव शाहनीको एकल स्वर शब्द र संगीत तथा मोडल दोय सुनिता धिताल दाहाल तथा विनोद के.सिंहद्वारा अभिनित सो भिडियो निकै नै राम्रो भएको प्रमुख अतिथि नायक खड्काले बताए । खड्काले शुभकामना दिँदै गीतप्रति झल्किएको राष्ट्रियता नेपालप्रतिको माया समेटिएको र आफू पनि राष्ट्रका लागि केहि गरौं भन्ने भएकाले आफूलाई निकै छोएको धारणा व्यक्त गरे ।

दशगजा, भिमदत्त, आवाज लगायतका दर्जनौं राष्ट्र र राष्ट्रियतामा आधारित चलचित्रहरु निमार्ण तथा अभिनय गरिसकेका नायक खड्ले अहिले ‘काँडेतार’ नामक चलचित्र निमार्ण गर्न लागेको जानकारी दिए । वीर गोरखाली, राष्ट्रियता, ईतिहाससँग सम्बन्धित चलचित्र निमार्ण गर्नु पर्ने धारणा राख्दै उनले भने,“हाम्रो देश दक्षिणी छिमेकीबाट निकै हेपियो, लेटियो अब सिमानामा काँडेतार यसको मुक्तिको अचुक उपाय हो ।”

विशिष्ट अतिथि रहेकी कलाकार नन्दा बस्यालले दिदी भाई हुनको लागि एउटै काखबाट जन्मिनुपर्छ भन्ने छैन भन्दै, गयक देव शाहनीलाई नजिकबाट अध्ययन गरेकोले उनि एक कुशल, मेहनती, सहयोगी र बहुप्रतिभाशाली व्यक्तित्व भएको र यो गीत पनि राम्रो भएको बताइन् ।
लोक दोहोरी गायक गणेश चौलागाईँले यो गीतसँग जोडिन पुगेका सम्पुर्ण कुशल सर्जकहरुमा सफलताको शुभकामना दिए ।

त्यस्तै ‘तिमीलाई हाँङकङ् पु¥यायो, आइडि काडैले..’ नामक गितबाट चर्चामा आउन सफल गायिका सत्यकला राईले गितको स्वर,संगित तथा शब्द स्वदेशमा र अरु निर्माण कार्य अमेरिकामा भएर पुन स्वदेशमै सार्बजनिक हुनुले स्वदेशप्रतिको माया झल्काएको धारणा व्यक्त गरिन् ।

 

 

आलाप रेकर्डिङ्का प्रमुख झलक संगितम तथा उद्वराज खड्काले पनि शुभकामना व्यक्त गरे ।त्यस्तै कार्यक्रममा नायक नवल खड्कालाई मायाँको चिनो दिएर सम्मान गर्दै सो भिडियोका गायक शहानीले जो जति टाढा भए पनि राष्ट्र र राष्ट्रियताका निम्ति गर्नु पर्ने बताए ।

गीतको भिडियो

 

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]