Dabali News

नेकपाका पोलिट्‍ब्यूरो सदस्य जीवन्त र गम्भीर रिहा, भव्य स्वागत (फोटोफिचर)

१६ असोज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा चेतन शर्माले दायर गरेको रिटमाथिको न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो । यो पाँचौं रिट हो । दुबै नेता ६६ दिनपछि रिहा भएका छन् । यसअघि पनि सर्वोच्चले रिहा गर्न अादेश दिएपनि प्रहरीले परिसरबाटै पुनः गिरफ्तार गर्दै अाएको थियो ।

रिट निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, संखुवासभा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत संखुवासभालगायतलाई विपक्षी बनाइएको थियो ।

दुबै नेतालाई साउन १० गते काठमाडौंको नागढुंगाबाट प्रहरीले गिरफ्तार गरी झुटा मुद्दा लगाउँदै विभिन्न जिल्लाहरुमा पुर्याएको थियो । तर, प्रहरीले लगाएको कुनै पनि आरोप पुष्ट नभएको भन्दै सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिँदै आएको थियो ।

यसअघि पार्टीका प्रवक्ता प्रकाण्ड, नेतृ उमा भुजेल र आजाद केसी सर्वोच्वको आदेशमा रिहा भइसकेका छन् ।

रिहा पछि दुबै नेतालाई कार्यकर्ता, परिवार,  समर्थक र शुभचिन्तकहरुले स्वागत गरेका थिए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]