Dabali News

रेड फोर्सका नेता शाहीको हत्या कसले गर्‍यो ? खोलाबाट यसरी निकालियो शव-भिडियो

१५ असोज

कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता वीरबहादुर शाहीको हत्या भएको छ । पार्टी निकट युवा संगठन रेड फोर्सका जिल्ला सदस्य समेत रहेका शाहीको असोज १२ गते हत्या भएको थियो । तर, अहिलेसम्म हत्यारा पत्ता लागेका छैनन् ।

संगठनको कार्यक्रम सकेर घर फर्किरहेका शाहीको हत्या गरेर लढेखोलामा शव फाएिको थियो । शवलाई भीरबाट खसालेर पानीमा फालिएको थियो ।

यसैबीच रेड फोर्स कालिकोटका अध्यक्ष शितलकुमार विष्टले विज्ञिप्त जारी गरेर अपराधी गिरोहले निर्मम रुपले हत्या गरेको भन्दै दोषीलाई कारवाही गर्न माग समेत गरेका छन् ।

हत्यापछि प्रहरीले नै वीरबहादुर शाहीको शव आफन्तलाई उठाउन लगाएर प्रमाण नष्ट गराइएको र घटनालाई ढोकछोप गर्न खोजेको भन्दै मृतकका आफन्तले आक्रोश व्यक्त गरेका छन् । हत्यामा संलग्न रहेको आशंका प्रहरीले ३ जना स्थानीय युवाहरुलाई पक्राउ गरेको जनाइएको छ ।

शाहीको शरीर र टाउकोमा गम्भीर चोट लागेको छ । गएको वर्ष यही समयमा मृतकका दाई तथा योङ फोर्सका केन्द्रीय सदस्य सत्यबहादुर शाहीमाथि पनि ज्यान लिने उद्देश्यसहित सांघातिक आक्रमण गरिएको थियो ।

घटना स्थल दिउँसो कार्यक्रम भएको स्थानबाट एक किलोमिटर मात्र टाढा छ । हत्यारा समूहले बाटोमा कुरेर बसेको आशंका गरिएको छ ।
स्थानीयको आग्रहमा रेड फोर्सले रक्सी नियन्त्रण र भ्रष्टाचारविरुद्ध विशेष अभियान संचालन गरेपछि स्थानीय जनप्रतिनिधि र नेपली काँग्रेसका स्थानीय नेताहरुले शाहीको सार्वजनिक ठाउँहरुमा आलोचना गर्दै आएका थिए ।

शान्ति प्रक्रिया पछि कालिकोटको सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका कलाकारहरुलाई लखेटी लखेटी मारिएको थियो । उक्त घटनाका दोषीलाई अहिलेसम्म कारवाही हुन नसक्दा अपराधी समूहको मनोवल बढेको स्थानीयले बताएका छन् ।

यसरी निकालियो खाेलबाट शव 

विप्लवकाे कालिकाेटका युवा नेता वीरहबहादुर शाहीको हत्या, खोलाबाट यसरी निकालियो शव

विप्लवकाे कालिकाेटका युवा नेता वीरहबहादुर शाहीको हत्या, खोलाबाट यसरी निकालियो शव

Online Dabali यांनी वर पोस्ट केले सोमवार, १ ऑक्टोबर, २०१८

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]