Dabali News

बिआरआई विश्व साम्रज्यवादविरुद्धको विशाल धक्काः प्रवक्ता श्रेष्ठ

१५ असोज

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजि श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्रज्यवादीहरुको लागि धक्का भएको बताएका छन् ।

सोमबार संवाद डबलीमा ‘लेफ्ट रिभ्यु अनलाइन’ ले जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै श्रेष्ठले बेल्ट रोड परियोजनामा नेपाल पनि सहयोग भएको बताए ।

पूर्वप्ररराष्ट्रमन्त्री समेत भएका प्रवक्ता श्रेष्ठले नेपाल–चीनको सम्बन्ध सदियौंदेखि एक असल र सफल मित्रता कायम रहदै आएको भन्दै भविश्यमा पनि निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे । पाँचओटा आयामले नेपाल–चीन सम्बन्ध रहेको बताउँदै श्रेष्ठले भने, “चिनियाँ सरकार नेपालमाथि अहस्थक्षेपकारी नीतिमा अडिग र¥यो, असल छिमोकीको ब्यवहार, चीनको भौगोलिक तथा भू–राजनीतिक अवस्थाअनुसार नेपाललाई स्वाभिमानी बन्न सहयोग, विगतदेखि एक धुर्बिय साम्राज्यवादी धारविरुद्ध बलियो शक्तिका रुपमा खडा हुनु तथा विश्व राजनीतिक अवस्थामा एक फरक पहिचान स्थापित गर्न चीन सफल भएको छ ।” उनले चीनले मालेमावादी विचार र आदर्शले विश्वलाई नेतृत्व गर्न सक्छ भन्ने सम्भावनालाई मुर्तता दिएको बताए ।

आफ्नो पछिल्लो चीन भ्रमणबारे जानकारी गराउँदै नेता श्रेष्ठले सो भ्रमण निकै सफल रहेको पनि बताए । आफुले चिनियाँ कम्युनिष्ट पार्टीको सक्षमताको मुल आधार नै राज्य सञ्चालनका सम्पूर्ण अवयवहरुमा कम्युनिष्ट पार्टीलाई केन्द्र बनाउनु र पार्टीलाई मालेमावादी विचार तथा आदर्शले सशक्त बनाउनु भएको बताउँदै श्रेष्ठले नेपाली कम्युनिष्टहरुको त्यसप्रति कुनै चासो नरहनु चिन्ताको विषय भएको बताए ।

सामाजिक संस्कृतिक विकास तथा भ्रष्टाचार नियन्त्रणमा चीनले चालेको पछिल्लो कदम नेपाललका निम्ति पनि अनुकरणिय भएको तर आफ्ने पर्टी नेतृत्व सरकार उदासिन देखिएको बताउँदै भने, “हाम्रो नेपालमा आफ्नो वरिपरिको भ्रष्टाचारी बाहेक सबैलाई साफ पारिन्छ भन्ने तरिकाले कसरी भ्रष्टाचार उम्मुलन हुन्छ ?”

त्यसैगरि कार्यक्रममा साम्रज्यवाद विरोधी मञ्च नेपालका संयोजक नरेन्द्रजंग पीटरले उत्तरमा हिमालय हुनुको बाबजुद पनि नेपाल–चीनको सम्बन्ध प्रगढ रहेको र अझै निकट रहनु पर्ने धारण व्यक्त गरे । संयोजक पीटरले चिनियाँ क्रान्तिको अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा ठूलो भूमिका रहेको र साम्राज्यवादीहरुको एक ध्रुबिय विश्व बनाउने सपना चकनाचुर पार्ने चिनियाँ कदम र सक्षमतालाई सलाम गर्नुपर्ने बताए ।

रुसका लागि पूर्वराजदुत हिरण्यालाल श्रेष्ठले माओले नयाँ जनवादी गणतन्त्र चीनको स्थापना नगरेको भए नेपाल मात्र नभएर एसियाको राजनीतिक व्यवस्थामाथि साम्रज्यवादीको पञ्जामा जाने पक्का रहेको बताए । उनले पश्चिमाहरुले स्वतन्त्र तिब्बतको लागि नेपाली भूमिको प्रयोग गराउने प्रयास गरिरहेको र त्यसलाई कडा प्रतिबाद गर्नु पर्ने बताए । पश्चिमा देशहरुले चीनको सफलतालाई अनेक तबरले बिफल गर्न खोजिरहेको र त्यो उनिहरुको दिवा सपना मात्र रहेको बताउँदै भने, “अबको दशकमा चीन शक्ति राष्ट्र हो, कोही कसैले उसको शक्तिलाई रोक्न सक्ने छैन ।”

त्यसैगरि बरिष्ठ किसान नेता चित्रबहादुर श्रेष्ठले नेपाली क्रान्तिले पनि जनवादी गणतन्त्र चिनियाँ मोडालीटिलाई अंगिकार गरेर नेपालमा धेरै परिवर्तन गर्न सफल भएको र आगमी दिनमा पनि चिनियाँ क्रान्तिको मोडालीटि अनुकरणिय हुने धारणा ब्यक्त गरे ।

जनवादी गयक जीवन शर्माले कार्यक्रममा नयाँ चीन स्थापना दिवशको उपलक्षमा शुभकामना दिँदै जनवादी गित गाएका थिए । आयोजक लेफ्ट रिभ्यु अनलाइनका सम्पादक तथा निर्देशक नहेन्द्र खड्काले आफ्नो अनलाइन तथा ग्लोबल टाइम्सबीचको सहकार्यको सम्झौता तथा टाइम्सले कार्यक्रम सफलतको लागि पठाएको सन्देश पढेर सुनाएका थिए । सो कार्यक्रमा विभिन्न प्रबुद्ध व्यक्तिहरुको सहभागित थिायो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]