Dabali News

इलामका प्रेम राई साउदीको जेलमा, श्रीमती र अामा घरमा रुँदै, ९५ लाख नबुझाए अाजीवन जेल

१४ पुस

काठमाडौं । वैदेशिक रोजगारीमा क्रममा साउदी अरबमा पुगेका प्रेमबहादुर राई जेल जीवन बिताइरहेका छन् । घर परिवारले झेल्नु परेको अार्थिक अभावका कारण अरब पुगेका इलामका राई विगत २१ महिनादेखि जेलमा छन् ।

माइ गाउँपालिका, दानाबारी स्थायी घर भएका राई काठमाडौंको सामाखुसीमा रहेको  ओभरसिज प्रा. लि. बाट मार्फत साउदी अरबको अल सवाली इन्टरनेशनल कम्पनीमा पुगेका थिए । राईले उक्त कम्पनीमा गाडी चालक काम गरिरहेका थिए । लामो समयसम्म ड्राइभिङ गर्दागर्दै एक दिन निकै थकित भए । बीच बाटोमै अाराम गर्न भनेर गाडी रोके, ट्रकमा रहेको इलेक्टि्रकल केवल चोरी भयो ।

कम्पनीले उक्त समान बिगो (वाएर) बराबरको रकम भुक्तानी गर्न प्रेमलाइ कम्पनीले अदालतमा मुद्दा हाल्यो । प्रेमले सो रकम भुक्तान गर्न नसकेपछि साउदी सरकारी अदालतले मलाज जेलमा २ महिना जेल र ५० कोरा जेलको फैसला गरेको थियो तर उनले जेल सजाय पूरा गरि सकेका थिए । तर, पछि सोही आरोपमा सार्बजनिक अदालतमा कम्पनी मालिकले मुद्दा दर्ता गराइ पुनः ३ लाख १० हजार भुक्तान नगरुन्जेलसम्म आजीवन जेल जीवनको फैसला सुनाएको छ । एउटै आरोपमा दुई पटक जेल सजाय भोग्नु परेका कारण प्रेमको बिक्षिप्त मनस्थिति भइ उनी जीवन मरणको दोसाधमा जेलको कालो कोठरीमा छ्न्।

घरमा उनकै साहरामा रहेका बुढी अामा धन लक्ष्मी राई र बुबा नोखबहादुर राई रुँदै बसेका छन् । त्यस्तै ७ बर्षीय छोरी रासिका राई बाबा भन्दै  रुँदै छन् । प्रेमकी जीवन साथी सरिता राई चिन्ताले निकै कमजोर भइसकेकी छन् । सरिता पनि रात दिन अाँखा रसाइरहेका छन् ।

प्रमेलाई छुटाउने नेपाली ९५ लाख चाहिन्छ । दैनिक गुजरा चलाउन नसकेर अरब पुगेका प्रेमका घरपरिवारले उक्त रकमको जोह गर्ने सक्ने कुरै भएन । सरकारलाई कुरो सुन्‍ने फुर्सद नै छैन । उक्त रकम बुझाउन नसके प्रेमले अाजीवन साउदीको जेलमा बस्नु पर्ने हुन्छ ।

“श्रीमान साउदीमा दोहोरो सजाय भोग्दै हुनुहुन्छ, कम्पनीले ९५ लाख मागेको छ । त्यत्रो रकम हामीले कसरी जुटाउने” श्रीमती सरिताले भनिन् । उनले सहयोगको लागि सरकारसँग अाग्रह समेत गरेकी छन् ।

साउदीस्थित मलाज जेलमा चलान गर्नुअघि पुलिस हिरासतमा कयौं महिना राखी खान, पिउन पानी समेत नदिइकन मानसिक भौतिक यातनाका कारण प्रेमको अबस्था निकै बिक्षिप्त भइसकेको छ । साउदी पुगेको एक महिनामै प्रेमले त्यस्तो अवस्थाको सामाना गर्नु परेको बताउँदै अामा धनलक्ष्मीले सहयोगको लागि अाग्रह गरेको छन् ।

जीवन मरणमा जेल जीवन बिताइरहेका प्रेमको जीवन रक्षाको लागि परिवार सम्पुर्ण सम्बन्धित निकाय,राजदुतावास साउदी अरब,परराष्ट्र मन्त्रालय, गैरआबाशीय नेपाली संघ तथा स्वदेश बिदेशमा आबद्ध सरकारी तथा गैरसरकारी संघ-सस्थाहरुसँग सहयोगको लागि अनुरोध गरकेा छन् ।

सहयोगका लागि श्रीमती सरिता राइको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड धुम्बाराही, काठमाडौंको खाता न:०२९०५०३०२८५१७९ मा सहयोग गर्न सकिने छ

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]