Dabali News

Ad

करोडौँ युनिट विद्युत् चुहावट,बक्यौता असुल गरी विद्युत् चोरी गर्नेलाई कडा कारबाही गर्न निर्देशन

१३ पुस

काठमाडौँ । विद्युत् प्राधिकरण विराटनगर मातहतका वितरण केन्द्रमा ५ करोड ३८ लाख युनिट विद्युत चुहावट भएको छ ।

चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख ५ हजार ५७१ युनिट विद्युतमा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ । ५ करोड ३८ लाख ७० हजार ७७९ युनिट विद्युत् खेर गएको छ ।

आव २०७३÷७४ मा कूल ८९ करोड ७३ लाख ७० हजार ३८३ युनिट विद्युत् प्राप्त भएकामा ७३ करोड ८९ लाख ९९ हजार ८१३ युनिट विद्युत् बिक्री गरेको थियो ।

१५ करोड ८३ लाख ७० हजार ५७० युनिट चुहावटमा मात्रै करोडौँ मूल्य बराबरको विद्युत् खेर गइरहेको प्राधिकरणले जनाएको छ ।

वितरण केन्द्रमा ३६ प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा १७ वटा वितरण केन्द्र रहेको छ ।

चुहावट १७.६५ प्रतिशत रहेको वितरण केन्द्रमा भने अत्यधिक मात्रामा विद्युत् चुहावट हुने गरेको पाइएको छ ।

क्षेत्रीय कार्यालय मातहत हाल ५ लाख ३२ हजार ३६१ ग्राहक रहेका छन् भने औद्योगिक ग्राहकको संख्या छ हजार ८९२ रहेको छ । व्यापारिक ग्राहक २ हजार ९४९ रहेका छन् ।

भारतबाट १३५ मेगावाट विद्युत् आयात भइरहेको छ भने पूर्व खोलाबाट तीन, काबेली करिडोर र संखुवासभा तिरतिरे सवस्टेशनबाट २७ मेगावाट विद्युत् आपूर्ति भएको जनाइएको छ ।

कार्यकारी निर्देशक घिसिङले बक्यौता असुल गर्न र विद्युत् चोरीमा संलग्नलाई कडा कारबाही गर्न क्षेत्रीय प्रमुख तथा वितरण केन्द्रका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]