Dabali News

Ad

कर्णाली विकास योजनाको पाँच वर्ष बित्यो, अझै अपांग जस्तै

१३ पुस

काठमाडौँ । कामको संयोजन मात्र होइन, कुन परियोजना कसरी अगाडि बढाउने भन्नेसम्मको निर्णय गर्ने अधिकार पाएको कर्णाली विकास आयोग अपांग जस्तै छ।

सरकारी अधिकारीको दृष्टि नपरेका कारण आयोगले पाँच वर्ष लगाएर बनाएको रणनीतिक योजनासमेत मन्त्रिपरिषदमा अलपत्र परेको छ।

०६९ असोज १० गते गठित आयोगले सुरुका दुई वर्ष रणनीतिक योजनाको खाका बनाएर बितायो भने पछिल्ला तीन वर्ष १० वर्षे विकास योजना तयार पारेर मन्त्रिपरिषद्ममा पठाइएको आयोगका प्रवक्ता मोहनप्रसाद न्यौपानेले बताए।

चार वर्षमा १० करोड २७ लाख ६४ हजार बजेट पायो। समयमा काम गर्न नसक्दा तीन करोड ६२ लाख ९३ हजार रकम फ्रिज भयो।

खर्च भएको ६ करोड ६४ लाख ७१ हजार रुपैयाँ पनि कर्णालीका आमजनताको जीवनस्तर सुधार्नका लागि नभई विकास योजना बनाउन तथा कर्मचारीको सेवा-सुविधा र प्रशासनिक खर्चमा भएको हो।

सरकारले चालु आवका लागि दुई करोड ८८ लाख २५ हजार बजेट विनियोजन गरेको छ। त्यसमध्ये कात्तिकसम्म १९ प्रतिशत मात्र खर्च भएको छ।

आयोगमा १६ जना कर्मचारीको दरबन्दी छ। आयोग गठन भएदेखि नै सहसचिवको पद रिक्त छ। दुई उपसचिवमध्ये एक जना मात्र कार्यरत छन्। एक शाखा अधिकृत र दुई नायब सुब्बाको भरमा आयोग सञ्चालन भएको छ।

आयोगमा काम गर्न कुनै कर्मचारी आउन चाहँदैनन्। पहुँच नभएका कर्मचारीलाई थन्क्याउने ठाउँ बनेको आमकर्मचारीको बुझाइ छ।

आयोग गठन हुँदा सम्बन्धित क्षेत्रका विज्ञलाई अध्यक्ष बनाउने आदेश भए पनि ०७१ सालमा त्यसलाई परिवर्तन गरिएको हो। राष्ट्रिय योजना आयोगका सदस्य अध्यक्ष रहने गरी आयोग गठन भएपछि राजनीतिक पहुँचका आधारमा विज्ञ नियुक्त हुने गरेको छ।

अघिल्लो दुई वर्ष कर्णाली क्षेत्रका पाँच जिल्ला हुम्ला, मुगु, कालिकोट, जुम्ला र डोल्पाको तथ्यांक संकलन गर्दैमा बितेको प्रवक्ता न्यौपानेले बताए।

पाँच वर्ष लगाएर बनाएको रणनीतिमा कुल ५ खर्ब ३३ अर्ब खर्चेर १० वर्षमा कर्णालीवासीको प्रतिव्यक्ति आय ८० हजार नौ सय २१ रुपैयाँ पुर्‍याउने लक्ष्य छ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]