Dabali News

सावित्रीले गरिन् लक्ष्मीलाई कारवाहीको माग, नाङ्‍गो फोटो खिचेको …

१२ असोज

काठमाडौँ । दुई नेपाली नारी, एउटा अधिकारका कुरा गर्छन् र अर्की स्वतन्त्रताका कुरा । महिलाहरुमाथि भइरहेका बलात्कारलगायतका हिंसाको अन्त्यको लागि सडकमा छन् । त्यसैगरी अर्की एक पछी उत्तेजक फोटा र भिडियो सार्वजनिक गरिरहेकी छन् । बलात्कारीलाई फासिको माग गर्दै एक नारी पेटीकोट प्रदर्शन हुँदै केश नै मुण्डन गरेर मिडियामा छाएकी छन् भने अर्की नारीले अर्थ नग्न फोटाले मिडियामा छाइरहेकी छन् ।

उनीहरु हुन्, सामाजिक अभियान्ता सावित्री सुवेदी र गायक तथा मोडल लक्ष्मी आचार्य । दुवै नारीको आफ्नै मिशन छन् । सावित्री आम महिलामाथिका हिंसा अन्त्यको लागि संघर्षमा छन् भने लक्ष्मी आम महिलाको व्यक्तिगत स्वतन्त्रको लागि आवाज उठाउँदै आएकी छन् ।
सावित्री महिलाको अधिकारीको लागि पेटीकोट लगाएर सडकमा निस्कन्छन् भने लक्ष्मी गोप्य अंग नजिकै ट्याटू बनाउन बजारमा निस्कन्छन् ।

यी दुबै नारी आफ्नो मिशनमा एक पछी अर्को कडा बन्दै गएकी छन् । सावित्रीले केश मुडेर सडकमै रहेको बेला लक्ष्मीले पूरै शरीरमा लुगा नभएको तस्वीर एउटा पत्रिकाले प्रकाशित गरेकी छन् । उनको यो फोटो अहिलेसम्मकै विवादित फोटो हो । उक्त फोटोमा एउटा डलले मात्रै उनको गोप्य अंग छोपेको छ । लक्ष्मीको पछिल्लो उक्त फोटोलाई लिएर अधिकारको क्षेत्रमा क्रियाशील महिलाहरुले विरोध गरेका छन् । सावित्री सुवेदीले त कारवाहीको माग गरेकी छन् । उनले सामाजिक संजालमा नांगिने महिला र नंग्याउने सम्पादक दुबैलाई कारवाही गर्नुपर्ने माग गरेकी छन् ।

यी दुबै नारी नेपाली मिडियाको लागि नयाँ होइनन् । उनीहरुले संचारमाध्यमहरुमा पटकपटक अन्तरवार्ता समेत दिएकी छन् । महिला हिंसा र स्वतन्त्रताको विषयमा उनीहरुबीच फरक छ । सावित्रीले राजनीतिक अधिकारसहित समाज सुहाउँदो तरिकाले स्वतन्त्रताको प्रयोग गर्नुपर्ने बताउँछन् भने लक्ष्मीले आफूले चाहेको कुरा गर्न पाउनु पर्ने कुराको वकालत गर्छन् ।

सावित्री सुवेदी महिला अधिकारकर्मीको रुपमा स्थापित छन् । बलात्कार विरुद्ध बोल्ने उनले पेटिकोट आन्दोलनदेखि केश मुण्डन गरेकी छन् । सावित्रीले बलात्कारीलाई फासिको माग गरिरहँदा लक्ष्मीले भने बलात्कारबारे अहिलेसम्म केही बोलेकी छैनन् ।

यसैबीच सावित्रीले सामाजिक संजालमा लेखेकी छन्, “नाङ्गिन महिला र नङ्ग्याउने सम्पादक दुबैलाई कारवाही होस् ।”

उनको यो स्टाटसमा धेरैले लक्ष्मीको यो फोटो अापत्तजनक भएको बताउँदै नेपाली समाजमाथि नै मजाक गरेको बताएउँदै छाडापन भएको बताएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]