Dabali News

भिटोफ-नेपालद्वारा रारा ताल नजिकैको मुर्मालगायत ३ वटा ‘गन्तव्य गाउँ’ घोषणा

१२ असोज

काठमाडौँ । ‘गाउँ पर्यटन प्रबध्र्दन मञ्च नेपाल’ले ३ वटा गाउँलाई भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको छ । विश्व पर्यटन वर्ष मनाउँदै भिटोफ–नेपाल सो घोषणा गरेको हो ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भिटोफ–नेपालले कर्णाली प्रदेशको मुगु जिल्लास्थित रारा ताल नजिक रहेको मुर्मा गाउँ, लमजुङगको राईनास्कोट गाउँ र रामेछापको दोरम्बा गाउँलाई पर्यटन भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले पर्यटनमार्फत गाउँहरुको आर्थिक विकाससँगै नेपाल समृद्धीतर्फ अगाडि बढ्ने बताए । मन्त्री अधिकारीले घोषणा भएका गाउँहरुका प्रतिनिधिमूलक रारा पर्यटन विकास समितिका अध्यक्ष देबिकृष्ण रोकाया, दोरम्बा गाउँका वडा अध्यक्ष खडकबहादुर श्रेष्ठ र राईनास्कोटबाट विष्णुमाया गुरुङगलाई प्रमाणपत्रसहित सम्मानित गरेका थिए ।

सो अवसरमा बोल्दै भिटोफ–नेपालका अध्यक्ष ध्रुव सिंखडाले राज्यले सरकारी कर्मचारीलाई लिभ होलिडे मनाउन व्यवस्था गर्न सुझाउ दिँदै, गाउँ पर्यटन प्रबध्र्दनका लागि आवश्यक निती ल्याउन आग्रह गरे । उनले राज्यले भौतिक पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउँदै कम लगानीमानै पर्यटनमार्फत गाउँमा रहेका नेपालीहरुको आर्थिक अवस्था उकास्न सकिने बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]