Dabali News

भारतीय पेट्रोलियम मन्त्री पाइपलाइन र ग्यासबारे छलफल गर्न नेपालमा

१२ असोज

काठमाडौँ । पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानसहितको टोली आज नेपाल आएको छ ।

आयल निगमका प्रवत्ता वीरेन्द गोइतका अनुसार मन्त्री प्रधानसहितको टोली शुक्रबार साढे ९ बजे नेपाल आइपुगेको हो । वीरगन्जको बाइपास सडक क्षेत्रमा मोतिहारी-रक्सौल-अमलेखगन्ज तेल पाइप लाइन परियोजनाअन्तर्गत विच्छ्याइएको पाइप,‘मन्त्रीसहितको टोलीले निर्माणधीन पेट्रोलियम पाइपलाइन, ग्यास सम्बन्धी छलफल र अवलोकन गर्ने छन्,’ उनले भने ।

उनका अनुसार शुक्रबार ग्यास, पेट्रोलियमसम्बन्धी विभिन्न निकायसँग छलफल हुनेछ । अमलेखगन्ज देखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे र पेट्रोल तथा ग्यास आपूर्तिसँग सम्बन्धित एजेन्डा लगायतका बिषयमा छलफल हुनेछ ।

शुक्रबार निमार्णधीन रक्सौल-अमलेखगञ्ज र मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजना अवलोकन र समीक्षा गरिने छ । यसअघि बुधबार हुने भनिएको नेपाल र भारतका उच्च अधिकृतबीचको बैठक अन्तिम क्षणमा स्थगित भएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]