Dabali News

जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको अध्यक्षमा आदर्श मगर

१२ असोज

काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा दक्षिण कोरियाको अध्यक्षमा आदर्श मगर चयन भएका छन् । निवर्तमान अध्यक्ष लोक राना आफ्नो कार्यकाल सकेर नेपाल फर्किने भएपछि मगर सो जिम्मेवारीमा आएका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कुवेर न्यौपाने, सचिव सबराज शाही, कोषाध्यक्ष आरके बस्नेत चयन भएका छन् । त्यसैगरी अन्य सदस्यहरुमा जितेन्द्र तामांग, चक्रबहादुर शाही, सुन्दर गुरुङ, शुनिल भट्टराई, शिव बुढाथोकी रहेका छन् ।

मोर्चाले आउँदो महिना सुवानलाई सेन्टर पारेर चियापान तथा भेटघाट कार्यक्रम गर्ने र संगठनलाई कोरियाको मुख्य शहर बुसान, सिउल, इन्चोन, ख्वागंजु, मोक्पो, थेगु, आनसानलगायत अन्य शहरमा संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]