Dabali News

आइतबारदेखि जापानमा नेपाली हाइकु सम्मेलन हुने

११ असोज

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ ।

१५ वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिए ।

सम्मेलन नेहा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको संयुक्त आयोजनामा हुनेछ ।
सम्मेलनमा जापानका हाइजिनले पनि नेपाली कविलाई साथ दिने छन् । शिनओकुबोस्थित नेपाली मुरा कक्ष ( सोलमारी ) मा हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अन्तर्राष्ट्रिय साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं हाइजिन प्रकाश पौडेल माइलाले बताए ।

सम्मेलनका क्रममा झन्डै एक दर्जन नेपाली हाइकु कृतिको विमोचन गरिने तथा पाँडे र पौडेलले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सम्मेलनमा नेपालबाट पाँडे, अश्विनी कोइराला, प्रभा बराल, विजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल तथा बेलायतबाट कृष्ण बजगाईँको सहभागिता हुनेछ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]