Dabali News

२५ शैंयाको अस्पताल सञ्चालन

१० असोज

रुकुम । आठबीसकोट नगरपालिकाले २५ शैंयाको अस्पताल सञ्चालनमा ल्याएको छ ।

नगरपालिका-९ राडीबजारमा विभिन्न सेवासहित २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म १ करोड बढी खर्च गरेको छ । अस्पतालबाट एक्सरे, अल्ट्रासाउण्ड, ल्याब परीक्षण, फार्मेसी, इसिजी, प्रसुतिसहितका सेवाट उपलब्ध हुने नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।

अस्पतालमा एम्बुलेन्स सेवासमेत उपलब्ध छ । नगरपालिकाले अस्पतालका लागि २० जना स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्त गरेको छ । नगरवासीलाई नगरपालिकाभित्रै भरपर्दो स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख केसीको भनाई छ ।

आठबीसकोट नगर अस्पताल जिल्लाकै ठूलो सरकारी अस्पताल बनेको छ । सदरमुकाम मुसीकोट नगरपालिका–१ सल्लेमा रहेको जिल्ला अस्पताल मात्र १५ शैयाको छ ।

अस्पतालको भवन भने निर्माण हुन बाँकी छ । हाल अस्पतालका लागि साविकको स्वास्थ्य चौकी र एक विद्यालयलाई प्रयोग गरिएको छ । अस्पताल सञ्चालनमा आएपछि नागरिकले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]