Dabali News

बिहीबारदेखि नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक हुने

१० असोज

काठमाडौं । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ ।

बिहीबारदेखि दुई दिवसीय बैठक हुने भएको छ । गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चिन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको हो ।

सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी द्विपक्षीय समझदारी पत्रमासमेत हस्ताक्षर भएको थियो ।

ऊर्जा तथा जलविद्युतको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने र नेपालमा चिनियाँ लगानी भित्याउनका लागि विशेष वातावरण तयार पार्ने लक्ष्यका साथ बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्ने छन् भने चिनियाँ सरकारका तर्फबाट पनि ऊर्जा मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहने छ । बैठकका लागि चिनियाँ अधिकारी आज आइपुग्ने छन् ।

नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि यसअघि भएका प्रयास तथा नेपालका विभिन्न आयोजनामा चीन सरकारको तर्फबाट भइरहेको लगानी, आगामी दिनमा अपनाइने लगानीका उपाय तथा ढाँचाका बारेमासमेत ऊर्जा संयन्त्रको बैठकमा छलफल हुने कार्यक्रम छ ।

यही असोज ३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग र नेपालका लागि चिनियाँ राजदूत यू होङले गरेको शिष्टाचार भेटावार्ता समेत ऊर्जाको क्षेत्रमा भई आएका सहकार्य र द्विपक्षीयहितका बारेमा छलफल भएको थियो । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव र सहसचिवको नेतृत्वका दुई संयन्त्र बनाएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा गल्छी-रसुवागढी-केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सहमति भएको थियो । यस्तै संखुवासभा हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमासमेत प्रस्ताव गरिएको छ ।

नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक, ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विविध क्षेत्रमा छलफल हुने र एउटा समझदारी गर्ने कार्यक्रम रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले विगतमा भएका सहमति तथा सहकार्य तथा आगामी दिनमा हुनसक्ने लगानीका विविध पक्षमा द्विपक्षीय संयन्त्रको बैठकमा छलफल हुने बताए ।

उनले सरकारले आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गर्ने र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको सन्दर्भमा वैदेशिक लगानी जरुरी भएकाले पनि सबै पक्षसँग मिलेर काम गर्न खोजिएको बताए । नेपाल र चीनबीच पहिलो पटक हुन लागेको ऊर्जा संयन्त्रकोे बैठकमा राखिने एजेण्डाकाबारेमा मोटामोटी तयारी भएको जानकारी दिँदै मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले बैठकलाई कामकाजी बनाउन आफ्नोतर्फबाट प्रयास हुने बताए ।

बङ्गलादेशसँग भएको सम्झौतालेसमेत बजार विस्तारमा थप सहयोग पुगेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनले पारित गरेको सार्क फ्रेमवर्क सम्झौताअनुसार बिजुलीको आयात र निर्यातमा कुनै समस्या नहुने देखिएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]