Dabali News

रिहा भएलगत्तै प्रकाण्डले भने-ओली-प्रचण्डले मार्ने योजना बनाएका थिए (सुन्‍नुहोस् पूरा भिडियो)

९ असोज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले आफूलाई मार्ने योजना बनाएको खुलासा गरेका छन् । मंगलबार रिहा भएलगत्तै माइतीघर मण्डलामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सो खुलासा गरेका हु्न् ।

प्रवक्ता प्रकाण्डले आफूहरुले जनताको कुरा उठाउँदा ज्यान मुद्दा लगाएको भन्दै प्रचण्डलाई १० हजार जनताको हत्या गरेको भन्दै जनअदालतमा मुद्दा दायर हुने चेतावनी दिए ।

मंगलबार साँझ रिहा भएलगत्तै माइतीघर मण्डलामा आयोजित कोणसभामा बोल्दै प्रकाण्डले नामै नलिएर प्रधानमन्त्री केपी शर्मा ओलीको समय धेरै नभएको बताए । उनले आफूहरुसँग विचारको हतियार भएकै कारण सरकार डराएको बताए ।

स्वागतको लागि आएको नेता, कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सरकारलाई भदौमा उम्रेको च्याउ भएको बताउँदै भने, “यिनीहरुको समय धेरै छैन । हामीसँग हतियार छ, त्यसको डरले मलाई र मेरा साथीहरुलाई रिहा गरेको हो ।”

प्रकाण्डले देश र जनताको मुद्दा, देश र जनताको निम्तिको मुक्तिको लागि देशी र विदेशी प्रतिक्रियावादी र यो देशका दलालहरुका बीच जुनसुकै षड्यन्त्रमा पनि आफ्नो पार्टीको क्रान्ति अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए । उनले जनताको सत्ता स्थापना नभएसम्म क्रान्ति जारी रहने बताए ।

“जब नेपाली जनताको राज्य सत्ता स्थापना हुँदैन, जब नेपाली जनता आफैं शासन सञ्चालन गर्ने हुँदैनन्, तबसम्म हाम्रो त्यो क्रान्ति जारी रहनेछ” प्रकाण्डले भने । उनले नेपालमा क्रान्तिको विरुद्धमा देशी–विदेशी दलालहरु जहिले पनि लाग्ने गरेको उनले बताए ।

सम्बोधनकै क्रममा प्रकाण्डले जनताको पक्षमा संघर्ष गर्दा ज्यान मुद्दा लगाएको भन्दै (नेकपा)का अध्यक्ष प्रचण्डलाई १० हजार जनताको हत्याराको मुद्दा जनअदालतमा लगाउने बताए ।

अहिलेको परिवर्तन प्रधानमन्त्री ओलीले नल्याएको भन्दै प्रकाण्डले धेरै ट्याँट्याँ नगर्न आग्रह भने । उनले तत्कालिन माओवादी र आफूहरुले अहिलेको परिवर्तन ल्याएको बताए ।

पाँचौ पटक परेको बन्द प्रत्यक्षीकरण रिटमाथि मंगलबार बहस गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो ।

माइतीघर मण्डलमा सम्बोधन गरेको पूरा भिडियो

केपी-प्रचण्डले मलाई मार्ने योजना बनाएका थिए…माइतीघर मण्डलाको पूरा भिडियो

केपी-प्रचण्डले मलाई मार्ने योजना बनाएका थिए…माइतीघर मण्डलाको पूरा भिडियो

Online Dabali यांनी वर पोस्ट केले मंगळवार, २५ सप्टेंबर, २०१८

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]