Dabali News

दशैंको शुभ साइत सार्वजनिक, कात्र्तिक ७ गते समापन हुने

९ असोज

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ ।

असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।

असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मंगलबार फूलपाती भित्र्याइने छ । बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।

असोज ३१ गते बुधबार महाअष्टमी, कात्र्तिक १ गते बिहीबार महानवमी, कात्र्तिक २ गते शुक्रबार विजयादशमी अर्थात दशैंको टीका परेको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा.डा.गौतमले बताए ।

विजयादशमीकै दिन बिहान ८ः३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्र्तिक ६ गते मंगलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्र्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि बडादशैं समापन हुनेछ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]