Dabali News

गहते गाउँबाट कुलमानलाई प्रश्‍न- बारीमा साग टिप्न जाँदा पनि ज्यान गुमाउनु पर्ने ?

१० पुस

कास्की । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण जिल्लामा फेरि एक युवतीको मृत्यु भएको छ ।

मादी-९ गहतेमा विजुलीको पोल अड्याउने स्टेक र मेन लाइनको जम्पर टच भएर करेन्ट फ्लो हुँदा बारीमा साग टिप्न गएकी एक युवतीको मृत्यु भएको हो ।

अाइतबार बारीमा साग टिप्न गएको १७ वर्षीय एलिसा तुमको करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताएका छन् । प्राधिकरणको लापरवाहीले देशभर विभिन्‍न ठाउँहरुमा मानिसहरुको ज्यान गइरहेको छ । तर, प्राधिकरणले दुःखद् घटना भनिरहेको मात्रै ।

एलिसाका परिवारलाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बारीमा जान पनि नपाइने ? भन्दै प्रश्‍न गरेका छन् ।

काठका पोलहरु भएकाले जतिखेर दुर्घटना हुन सक्ने भन्दै स्थानीय डराइरहेका छन्  ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]