Dabali News

पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या ५ वर्षमा दोब्बर

८ असोज

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या ५ वर्षमै दोब्बर भन्दा बढी भएको छ ।

निकुञ्जले यस वर्ष भएको बाघ गणनामा पाटे बाघको संख्या निकै वृद्धि भएको जनाएको छ ।

कुञ्जभित्रबाट मानव बस्तीको स्थानान्तरण र आरक्षबाट निकुन्जमा रुपान्तरण हुँदै क्षेत्रफल फैलिएपछि वन्यजन्तुले पर्याप्त स्थान पाउँदा बाघको संख्या वृद्धि भएको हो ।

२०७४ मंसिर १४ गतेबाट सुरु भएको बाघ सर्वेक्षणले पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०१३ को तुलनामा बाघको संख्यामा दोब्बर भन्दा बढी वृद्धि भएको हो ।

सन् २०१३ मा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ७ मात्र रहेकोमा अहिले बढेर १८ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य राखेको छ । हाल नेपालमा २ सय ३५ वटा बाघ छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]