Dabali News

Ad

प्रहरीको गोली खानुअघि विवेकले फेसबुकमा यस्तो लेखेका थिए-‘कठैबरी भनाउँदै मर्ने ठूलो रहर छ…’

९ पुस

कालिकोट । प्रहरीको गोली लाग्नुअघि विवेकले सामाजिक संजाल फेसबुकमा एउटा गम्भीर स्टाटस लेखेका थिए । “दुनियाँले थुक्क थुक्क भनेर घृणा गर्नुभन्दा सबैले हाईहाई भनोस् र मर्दा कठैबरी भनाउँदै मर्ने ठूलो रहर छ” लेखेको थिए ।

विवेकले जे लेखे त्यही भयो । अहिले उनले भनेजस्तै सबैलाई अन्यायको विरोध गरेको भन्दै हाईहाई गरिएको छ भने सबैले कठैबरी भनिरहेका छन् ।

म्यादी प्रहरीमा भर्ना भएका कालिकोट रास्कोट नगरपालिका-२ साविकको सिपखानाका विवेककुमार ऐडी घरको आर्थिक अभावलाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यले म्यादीमा भर्ना भएका थिए । चुनावको सुरक्षा सकेर घर फर्किने क्रममा विवेकलाई प्रहरीले ताकेर हानेको गोलीले मृत्युको शिकार बनायो ।

म्यादी प्रहरीको तलवमा प्रहरी अधिकारीहरुले आँखा गाडेपछि त्यसको विरोधमा उत्रेका ऐडीको टाउकोमा ताकेर प्रहरीले गोली चलाएको थियो । अन्य जिल्लाहरुमा चुनावको सुरक्षाको जिम्मेवारी पूरा गरेको भन्दै म्यादी प्रहरीलाई सम्मानसहित विदाई गरिएपनि कालिकोटमा भने गोलीले शिकार बनाइयो । म्यादी प्रहरीले ‘सरकार हाम्रो तलव नकाट, हामीलाई रोटी र भोटी चाहिन्छ’ भनेकै आधारमा प्रहरीले गोली हान्यो । यो सामान्य कुरा होइन । तर, प्रहरीले हवाई फायर गरेको बताउँदै आएको छ ।

तलवबाट प्रतिव्यक्ति तीन हजार कमिसन खान खोजेको भन्दै शुक्रबार म्यादी प्रहरीले विरोध प्रदर्शन गरेका थिए । प्रहरीले गोली हानेर एक जनाको हत्या गर्नुको साथै आधा दर्जन घाइते बनाएको छ ।

शान्तिपूर्ण विरोधमा उत्रेका म्यादी प्रहरीमाथि प्रहरी अधिकारीहरुले ‘ठोक’ भन्दै ताकेर गोली हानेको भिडियो समेत सार्वजनिक भएको छ । तर, प्रहरी होइन भनेर झुट बोलिरहेको छ । गल्ती स्वीकार गरी दोषिलाई कारवाही नगर्दा कालिकोटमा तनाव जारी छ । विवेकलाई सहिद घोषणा, दोषीलाई कारवाही र पीडित परिवारलाई राहतको माग गर्दै गरिएको प्रदर्शनमाथि पनि प्रहरीले दमन गरेपछि प्रदर्शनकारी आक्रोसित बनेका छन् ।

गल्तीलाई स्वीकार गरी समस्याको समाधान गर्नुको साटो जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गर्यो । यता सरकारले पनि दोषीलाई कारवाही गर्छु भन्ने हिम्मत गर्न सकेन । छानविन समिति गठन गर्दै पीडित परिवारलाई १० लाख दिने निर्णय गर्यो । विना कारण निर्दोषलाई गोली हानेर मार्दै १० लाख दिने भन्दापनि दोषीलाई कारवाही गर्नुपर्ने मुख्य माग सरकारले पूरा नगर्दा तनाव जारी छ ।

शनिबारदेखि जारी गरिएको कर्फ्यु आइतबार विहान २ घण्टाको लागि खुलाइएको थियो । पीडित परिवार र नागरिक अगुवाहरुले विवेकको हत्याको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

यी हुन् विवेकलाई गोली हान्‍ने प्रहरी !

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]