Dabali News

ओपेराका म्यानेजर भन्छन्-एसपीका छोराले निर्मलाको हत्या भएकै दिन फोटोसुट गरेका थिए तर…

७ असोज

धनगढी । निर्मलाको हत्याकाण्डको अनुसन्धा अन्तिम चरण पुग्न लागेको खबर अाइरहेको बेला महेन्द्रनगरस्थित एक चर्चित होटल पनि अनुसन्धानमा तानिएको छ । होटल अोपेरामा एसपी डल्लिराज विष्टका छोरा किरणले निर्मलाको फोटोसुट गरेको अाशंका होटलका सिसिक्यामरा प्रहरीले नियन्त्रणमा लिएको थियो । सिसिक्यामराका दृश्य डिलिट भइसकेकोले रिकभरको लागि प्रहरीले मुख्यालय पठाएको बताइएको छ ।

महेन्द्रनगरस्थित होटल ओपेरा प्रा.लि. का एक म्यानेजरले होटल परिसरभित्र एसपी विष्टका छोरा किरणले दुई पटक युवतीको फोटोसुट गरेको बताएका छन् । होटलका फ्रन्ट अफिस म्यानेजर उमेश भट्टले अनलाइन डबलीसँगको कुराकानीमा किरण विष्टले होटल परिसरभित्र केही युवतीहरुलाई ल्याएर दुई पटक फोटो सुट गरेको तर निर्मला नभएर अरु नै युवती भएको बताए ।

कुराकानीको क्रममा भट्टले निर्मलाको हत्या भएकै दिन पनि किरणले केही युवती होटलमा ल्याएर फोटो सुट गरेको बताए । उनले त्यसको तीन दिन पहिला त्यसैगरी युवती ल्याएर होटलका गार्डेन, स्वीमिङलगायत विभिन्न स्थानका दृश्यमा फोटो सुट गरेको बताए ।

“किरणले दुई पटक फरक फरक युवती ल्याएर फोटो खिचाइरहेको हामीले देखेका थियौँ । होटलभित्रै फोटो खिच्न थालेपछि यहाँ डिस्टर्ब भयो भन्दा गार्डेनतिर गएर फेरि फोटाहरु खिचाएका थिए । तर, निर्मला होइनन् । भण्डारी थरकी मोडलसहित दुई युवती हुन्” भट्टले भने । दुई युवतीलाई ल्याएर विष्टले विभिन्न पोजमा फोटोसुट गरेको बताउँदै भट्टले बस्न र खान आउनेको रेकर्ड रहने तर उनीहरु फोटो मात्रै खिच्न आएकोले अरु कोको हुन् भन्ने थाहा नभएको बताए । तर, उनले निर्मला भने नभएको दाबी गरे ।

म्यानेजर भट्टले सिसिक्यामारामा १५ दिनसम्मको रेकर्ड रहने तर १६ औं दिनमा दृश्य आफै डिलिट हुने भएकोले त्यो दिनका दृश्य देख्न नपाइएको बताए । उनले आफ्नो सिसिक्यामारा पनि प्रहरीले लिएको बताउँदै फिर्ता नगरेको बताए।

संचारमाध्यम र सामाजिक संजालहरुमा होटलमा फोटोसुट गरेको समाचार आएको प्रति असन्तुष्टि जनाउँदै भट्टले किरण विष्टसँग सोध्दा पनि कोको युवती हुन् भन्ने कुरा सजिलै पत्ता लाग्ने बताए ।

स्रोतलाई उदृत गर्दै केही संचारमाध्यमहरुले किरण विष्टले अाफ्नो जन्म दिनको अवसरमा उक्त होटलमा अायोजना गरेको पार्टीमा निर्मला पन्तलाई पनि बोलाएर मोडल बनाउने अाश्वासन दिँदै फोटोसुट गरेको बताएका छन् ।

स्थानीय र पीडित परिवारले सुरुदेखि नै किरण विष्टमाथि अनुसन्धान गर्नुपर्ने माग गरेका थिए तर प्रहरीले उल्टै गोली हान्‍यो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]