Dabali News

‘प्रवाह’ नेपाली आधुनिक गीत गजलसंग्रहको विमोचन

६ असोज

काठमाडौं । नरेश खडकाको शब्द तथा सन्तोष श्रेष्ठको नेपाली आधुनिक गीत गजलसंग्रह प्रवाह आज विमोचन भएको छ ।

प्रेम र वियोगान्त संयोजन रहेको गितहरु गायक कृष्णभक्त राई, विश्व नेपाली, प्रश्ना शाक्य, विजय आधिकारी, मनोराजलगायतको स्वरमा रहेका छन् ।

कार्यक्राममा एल्बम विमोचन गर्दै यस एल्बमका गायक कलाकारहरुलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो । यस एल्बमका गीतकार नरेश खडकाले गीतको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै संगितकार संगितकार सन्तोष श्रेष्ठले गीत संगितकोबारेमा बोल्दै सम्पूर्ण अतिथि तथा शुभ चिन्तक कलाकारहरुलाई धन्यवाद दिए ।

भीमाअर्जुन आचार्यको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि रमेश क्षितिज रहेका थिए । अतिथिहरु वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, राप्ती साहित्य परिषदका महासचिव रमेश सुवेदी, सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ अध्यक्ष अर्जुन गिरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रलायका सहसचिव टिकाराम घिमिरे, संसद सचिवालयका सहसचिव गजलकार कवि जिवराज बुढाथोकी , गीतकार संघका उपअध्यक्ष भरत वम्जन, चलचित्र निर्देशक सुमन दाहाल, चित्रकार संगितकार ज्योती प्रकाश, गीतकार शन्तिप्रिय, गीतकार नृप ध्वडी, गीतकार राधा पण्डेलगायतको उपस्थिति रहेको थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]