Dabali News

Ad

रणवीरले लेखे मार्मिक कविताः म्यादी विवेक भाईको सम्झनामा

उसले भन्यो राज्य परिवर्तन भएको छैन
तर,
बिबेकले भन्यो परिवर्तन भएको छ ।
उसले भन्दै थियो अधुरो लडाइँ फेरि लड्नुछ ।
तर,
विवेकले भन्यो कति लडाइँ मात्रै लडौं ।
बरु,
अब त बिकास र समृद्धि ल्याउनुपर्छ ।
उसले भन्यो बिकास र समृद्धि कसरी हुन्छ ?
तर,
विवेकले भन्यो संविधान र चुनावले हुन्छ ।
त्यसैले,
समृद्धिको खातिर विवेक म्यादीमा भर्ती भो ।
तर,
उसले सोँच्यो डिग्रीको विद्यार्थी म
निश्चित बिसयमा अनुसन्धानमा नभएर म्यादीमा किन ?
र उस्को जिवनले भन्यो के को समृद्धि ? कहाँ छ समृद्धि ?
त्यसैले,
अनायास भावुक भएर लेख्यो-
“हाई हाईको मृत्यु लेडेर मर्ने रहर छ”
तर,
समृद्धिको अभियानमा शान्ति कायम गर्न
जब विवेक चुनावमा खटियो ।
तब उसले फेरि बम पट्किएको सुन्यो ।
केही सहपाठी जेलमा थुनिएको देख्यो
केही राज्य परिवर्तनको खातिर
फेरि,
मुम्राको बुथमा लड्न आको हेर्यो ।
अब विवेक पुरै अन्तरबिरोधमा फस्यो ।
शान्ति र समृद्धिको अभियानमा
प्रश्न उठायो र उत्तर खोज्यो तर पाएन ।
र एक डोको प्रश्न ल्याएर सदरमुकाम उक्ल्यो ।
अनि आफ्नै पारिश्रमिकको चौतारी बनायो ।
र त्यो डोको बिसाएर थकाइ मार्ने सोच्यो ।
तर,
राज्यले विवेकको प्रश्न गराई अपराध ठान्यो
प्रश्नको डोकोले थकित उसलाई
अपराधी करार गरेर ताकेर गोली हान्यो ।
र घोषणा गर्यो आफ्नै ढुङ्गा लागेर मर्यो ।
अब विवेकको भावना विचारमा बदलिएको छ ।
त्यो बिचार हो-
अहिलेको राज्य अन्यायको राज्य हो ।
अन्याय सहेर बाच्नु भन्दा लडेर मर्नु उत्तम हो ।
यहि नै हाई हाईको मृत्यु हो ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]