Dabali News

‘स्वाइन फ्लु’को प्रकोप नियन्त्रणमा आउँदै, सतर्कता आवश्यक

४ असोज

सप्तरी । कन्चनरुप नगरपालिकामा देखिएको ‘स्वाइन फ्लु’को प्रकोप नियन्त्रणमा आउन थालेको छ ।

नगरपालिकालाई विपद क्षेत्र घोषणा गरी उच्च सतर्कताका साथै स्वास्थ्यकर्मी परिचालन गरिएका कारण रोगको संक्रमण विस्तारै नियन्त्रणमा आएको स्वास्थ्य संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।

हालसम्म करिब ३ हजार बिरामीको स्वास्थ्य परीक्षण गरिएकोमा अधिकांशमा भाइरल ज्वरो, रुघाखोकीको समस्या देखिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जीवकुमार झाले बताए । १० दिनयता कन्चनरुप नगरपालिकामा मात्रै स्वाइन फ्लुको संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।

केहीको उपचार भइरहेको छ । भारतको झारखन्डस्थित बाबाधाम गएर फर्किएका तीर्थालुबाट भित्रिएको स्वाइन फ्लु नियन्त्रणमा आउनै लागे पनि त्यहाँ जानेक्रम नरोकिँदा सतर्कता भने आवश्यक पर्ने चिकित्सकहरुले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]