Dabali News

कविताः जलजलाकी नानीहरूसँग कलम होइन, बन्दुक छ

जलजलाकी नानीहरूसँग
कलम हैन बन्दुक छ
सोझा मगर्नीका संघारहरू
आँसुका पोखरी भएकाछन्
उज्यालो नहुँदै परपर पार्छन्
उनीहरूसँग कलम र कापी छैन
त्यहाँ विचारहरू ओइलीएर झरिरहेछन्
राता गुलाफका सपनाहरू फुलाएर
कालो गुलाफ उमारिरहीछे
जलजला !

भोक छ, कुहिएको चामल छ
आड, रित्तो छ
फिसफिस उडिरहेका कुहिराहरू
शिशिरको घाम छेकिरहेछन्
अग्ला अग्ला टाकुराहरू
उहिले उहिले देखिन तिर्खाइरहेछन्
मगर्नीहरू उस्तै उस्तै छन्
संघिय नेपालझैँ टुहुराछन्
उनीहरूका जीवन
गाई, गोरु र राँगा ढाल्नु हो
नारीवादका भजन गाएर
पश्चिमामुलुक पुगिसके
उनीहरू जहाँको तहीँ
मन पागल भएको छ ,यति खेर !

विचारहरू थुन्सेका प्वालबाट बगिरहेछ
दिनहरू सुकेका खरुझैँ लुत्रक्क परेका छन्
कसले फर्केर हेर्‍यो उनीहरूलाई
आदर्श घोकाउँनेहरू
शहर पसेका धेरै समय भइसक्यो
काला गाईका मासुखाएर
मालीगाईझैँ शहर फर्केकाहरू
टुक्रा टुक्रा भएर भाँचिएका छन्
हाम्रा आँखाहरूमा मोती विन्दुले ढाकिएको छ
खै के सोधौँ मगर्नीहरूलाई
सन्चो विसन्चोका रेखाहरू
जातीय उरेन्ठेउलाहरू
कता कता छरिएछन्
आगोका लप्काझैँ बल्थे तिनीहरू
तिनीहरूलाई सुन्ने कोही छैन
रगत उम्लीएर सेलाएको छ
पहाडका कटुसका पातहरू हलिन्छन्
मगर्नीहरूका दुःख उस्तै छ
जलजला
आर्दशका मान्छे कुरीरहेकी छ
बाटो पर्खेर
पीपल सुसेलीरहेछ
भञ्ज्याडमा बसेर !

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]