Dabali News

संविधानको मर्मअनुरुप कार्य गरी अगाडि बढ्न रसुवावासीलाई आग्रह

३ असोज

काठमाडौं । संविधानको मर्म र भावनाअनुरुप कार्य गरी अगाडि बढ्न रसुवावासीलाई आग्रह गरिएको छ ।

संविधान दिवसका अवसरमा आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले सविधानद्वारा निर्दिष्ट प्रावधानमा रही सङ्घीयता कार्यान्वयन गर्न र गाउँ समाजको विकासमा हातेमालो गरी अगाडि बढ्न रसुवावासीलाई आग्रह गरे ।

गााउँ समाजमा एक आपसी सदभाव बढाउने, दिगोखाले विकासमा सहभागिता, बालबालिकालाई नियमित विद्यालय पठाउने, समय समयमा स्वास्थ्य परीक्षण गराई रोग लाग्नुबाट बच्ने, प्राङ्गरिक कृषि उपजको भोजन गर्ने, बृद्धबृद्धा र अपाङ्गता भएकालाई सहयोगको वातावरण सिर्जना गर्न संविधान दिवसले प्रेरणा मिल्नेसमेत बताए ।

बाजागाजासहित धुञ्चे बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजित विशेष समारोहमा गोसाइँकुण्ड गाउँ पालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले सविधानको भावना र मर्मअनुरुप आफ्नो गाउँपालिकाका चल्ने बताए । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि माधवप्रसाद लामिछाने र प्रजिअ कृष्ण पौडेलले संविधानको कार्यान्वयन र जागरण क्रमशः अगाडि बढेको बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]