Dabali News

यी हुन् ज्यानमारा रक्सी- जसले मलेसियामा ६ नेपालीसहित १९ जनाको ज्यान लिए, ५१ गम्भीर बिरामी

३ असोज

काठमाडौं । मलेसियामा रक्सी सेवनका कारण ६ नेपालीको मृत्यु भईसकेको छ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका नेपाली युवाहरुले अन्य देशका कामदारसँगे रकसी पिएका थिए ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मृतक ६ जनामध्ये तीन जनाको पहिचान भइसकेको छ । जसमा सञ्जय उराव, विशाल बुढाथोकी र मिमबहादुर घले रहेका छन् । अरु १७ जना नेपाली बिरामी छन् । उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

रक्सी सेवनपछि बिरामी हुँदा सनगाइ बुलह अस्पतालमा भर्ना भएका ५ जनाको मृत्यु भएको छ भने ९ जनाको उपचार भइरहेको छ । त्यस्तै कजाङ अस्पतालमा १ जनाको ज्यान गएको छ भने ५ जनाको उपचार भइरहेको छ । बन्टाङ, अम्पाङ र क्लाङ अस्पतालमा १–१ जना गरी तीन जना नेपालीको उपचार भइरहेको बताइएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म बिरामी पर्नेको संख्या ५१ पुगेको छ । बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र भारतका नागरिक रहेका छन् ।

सबै देशका गरी अहिलेसम्म १९ पुगेको छ । १४ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुले मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की सेवन गरेका थिए । सबै मजदूरले सोमबार सार्वजनिक बिदाको दिन रक्सी सेवन गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]