Dabali News

नागरिकको मौलिक अधिकार स्वास्थ्य सेवामा सरकारले चासो दिनुपर्ने

२ असोज

काठमाडौं । आज ‘किशोर-किशोरीको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ पाँचौं परिवार नियोजन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

परिवार कल्याण महाशाखाले गरेको कार्यक्रममा नेपालमा ५३ प्रतिशत व्यक्तिले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जानकारी दिइएको छ । तीमध्ये ४१ प्रतिशतले आधुनिक परिवार नियोजकको साधन प्रयोग गर्ने र १० प्रतिशतले प्राकृतिक साधन प्रयोग गर्ने गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.सुशील प्याकुरेलले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्नेमा सरकारले चासो दिनुपर्ने बताए ।

परिवार स्वास्थ्यका क्षेत्रमा काम गर्ने सरकारी तथा निजी संघ संस्थाले एकै ठाउँमा बसेर छलफल गरी प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा परिवार कल्याण महाशाखा प्रमुख डा.आरपी बिच्छाले सिमान्तकृत र पिछडिएका समूहले परिवार नियोजन सम्बन्धी जानकारी पाउन नसकेको बताए ।

उनले जनसंख्या व्यवस्थापनमा परिवार नियोजकको निकै महत्व रहेको भन्दै सोचेअनुसारको प्रतिफल भने प्राप्त गर्न नसकेको जानकारी दिए । कार्यक्रमका सहभागीहरुले परिवार नियोजनका साधन प्रयोग नगर्दा किशोरीहरु बढी मारमा परेको र असुरक्षित गर्भ रहने र त्यसले किशोरीको स्वास्थ्यमा पार्ने असरबारे समेत जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]