Dabali News

नेपालमा ९ प्रजातिका १३ हजारभन्दा बढी गिद्ध, अति सङ्कटापन्न डङ्ङगुर गिद्धको संख्या बढाउन जोड

२ असोज

नवलपरासी । नेपालमा ९ प्रजातिका करीब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ ।

कावासोतीस्थित जटायु रेष्टुरेन्टका अनुसार हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा रहेका छन् भने अन्य प्रजातिका हिमाली बोहक सबैजसो स्थानमा पाइने गरेका छन् ।

नेपालमा डङ्र, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी ९ प्रजातिका गिद्ध पाइएका छन् । हाडफोर प्रजातिको गिद्ध बढी चिसो हुने हिमाली भेगमा मात्र पाइने जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी बताए ।

नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिको गिद्ध करीब १० हजारको हाराहारीमा रहेको तथ्याङ्क छ भने खैरो, राज र लामोठुडे प्रजातिका गिद्ध भारत, पाकिस्तान, चीन, बर्मा, थाइल्याण्डलगायतका देशबाट जाडो छल्न नेपाल आउने गर्दछन् ।

पूर्वी नवलपरासीको कावासोतीस्थित उक्त रेष्टुरेन्टमा राखिएका १२ वटा गिद्धलाई प्रकृतिमा छाडिएको छ । प्रजनन केन्द्रमा हुर्किएका ती गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको हो ।

विश्वमैै पहिलो पटक नेपालमा गिद्ध संरक्षणको थालनी भएको र सङ्कटापन्न अवस्थामा रहेका तीनकोे संरक्षणमा यस्ता प्रयास फलदायी हुने, प्रकृतिमा छाडिएका गिद्धको पखेटामा नम्बरसहितको ट्याग लगाइएको छ भने सेटलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्धको ढाँडमा रेडियोकलर जडान गरिएको संयोजक चौधरीले बताए ।

उनकानुसार रेडियोकलर जडान गरिएकाले अब प्राकृतिक बासस्थानमा छाडिएका ती गिद्ध रहने स्थान र तिनको अवस्थाबारे अनुगमन गर्न सकिने छ । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९.९ प्रतिशत गिद्ध मासिएपछि यी दुबै देशका साथै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिन थालेका छन् ।

रेष्टुरेन्टमा प्रकृतिमा भएका र छोड्नु पूर्व खोरमा राखिएका गिद्धलाईसँगै खाना खुवाइँदै आइएको थियो । जाली भित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेष्टुरेन्टमा गरिएको थियो ।

सँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ । अति सङ्कटापन्न अवस्थामा रहेको डङ्ङगुर जातको गिद्धको संख्या बढाउनका लागि दातृ निकायको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]