Dabali News

Ad

कोरियाको व्यपारिक केन्द्रमा भएको आगलागीमा मृत्यु हुनेको संख्या २९ पुग्यो, ३० घाइते

७ पुस

काठमाडौं । दक्षिण कोरियाको एक सपिङ मलमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । जोसेन सहरमा रहेको व्यपारिक भवनमा भएको आगलागी ३० जना घाइते भएका छन् ।

राजधानी सोलदेखि झण्डै १ सय ७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो ।

आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

मृत्यु भएकामध्ये सबैजना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सबैजना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगलागी स्थानीय समयानुसार दिँउसो ३ः५३ बजे भएको थियो । आगलागी भए लगत्तै ५० ओटा अग्नी नियन्त्रक यन्त्र, ६० जना अग्नी नियन्त्रक र हेलिकोप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]